नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > अर्थ तथा व्यापार > विस्तृत विषय

चीनद्वारा पाकिस्तानी उच्चस्तरीय वरिष्ठ व्यक्ति तालिम केन्द्रको निर्माणमा सहयोग

2016-11-15 14:49:03

पाकिस्तानको“बलोचिस्तान प्रान्तीय सूचना ईन्जिनियरिङ् विज्ञान तथा प्रविधि विश्वविद्यालयअन्तर्गत चीन तथा पाकिस्तानबीच आर्थिक करिडोर क्वेट्टा उच्चस्तरीय वरिष्ठ व्यक्ति तालिम केन्द्रको निर्माणका लागि चिनियाँ शान्ति विकास कोषको सहयोग सम्बन्धी सम्झौतामा 14 तारिख पैचिङ्गमा हस्ताक्षर भएको छ। एघारौं राष्ट्रिय जनराजनैतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष एवम् चिनियाँ शान्तिपूर्ण विकास कोषका प्रमुख सुन च्या चङ्ग, बलोचिस्तान प्रान्तका प्रमुख मुहम्मद खान अच्काजाइ, चीनका लागि पाकिस्तानका राजदुत मसूद खालिद आदि गन्यमान्य व्यक्तिहरु उक्त समारोहमा सहभागी हुनुभयो।

प्राप्त जानकारीअनुसार, चीन तथा पाकिस्तानबीच आर्थिक करिडोर (क्वेट्टा) उच्चस्तरीय वरिष्ठ व्यक्ति तालिम केन्द्र अर्थात् सीसीयीको क्षेत्रफल एक हजार पाँच सय वर्गमिटर हुनुका साथै सन् 2017देखि निर्माण कार्य सुरु हुनेछ।

यसले चीन र पाकिस्तानबीच आर्थिक करिडोरलाई उच्च गुणस्तरीय मानव संसाधन सहित स्तरीय आर्थिक तथा साँस्कृतिक विकास प्रवर्द्धन दुई मुलुकका जनताबीचको परम्परागत मित्रतालाई गहन पार्नेछ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान