नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > अर्थ तथा व्यापार > विस्तृत विषय

एशिया प्रशान्त आर्थिक सहयोग संगठन अर्थात् एपेकका नेताहरू सम्मेलन सप्ताह पेरुको लिमामा शुरू

2016-11-15 14:46:05

एशिया प्रशान्त आर्थिक सहयोग संगठन अर्थात् एपेकका नेताहरू सम्मेलन सप्ताह 2016 यही चौध तारिख पेरुको राजधानी लिमामा शुरु भएको छ।

चालू वर्षको सम्मेलनको मुख्य विषयसूची “उच्च गुणस्तरको बृद्धि र मानव विकास” भन्ने रहेको छ। विभिन्न आर्थिक समूहका नेताहरू र प्रतिनिधिहरूले क्षेत्रीय अर्थतन्त्रको एकीकरण, एशिया प्रशान्त स्वतन्त्र व्यापार क्षेत्र, आन्तरसन्जाल तथा सहकार्य, सेवा व्यवसायको सहयोग आदि विषयहरूबारे वैचारिक आदान-प्रदान गर्ने छन्।

पेरुका द्वितीय उप राष्ट्रपति मर्सिडेज अराउजले यस पटकको सम्मेलनमा दिगो विकासबारे छलफल गर्ने उत्तम अवधि हुने बताउँदै सम्मेलनमा खाद्य सुरक्षा, जनशक्ति श्रोत, एकीकरणआदि विषयहरू समावेश हुने जानकारी दिनुभयो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान