नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > अर्थ तथा व्यापार > विस्तृत विषय

चीनको विद्युत शक्ति व्यवसाय भारतमा

2015-10-08 15:16:50 CRI

भारतको पूर्वी भागस्थित पश्चिम बङ्गाल राज्यमा पर्ने कलकत्तासँग उत्कृष्ठ भौगोलिक श्रेष्ठता रहेको छ। बङ्गाल खाडीको उत्तरी क्षेत्रमा अवस्थित कलकत्ता भारतको दोस्रो ठूलो बन्दरगाह तथा पाट निर्यात केन्द्र हो। साथै कलकत्ता र चीनको खुन मिङ्गबीचको उडान यी दुबै मुलुकबीचमा उडान समय सबैभन्दा छोटो भएको एयर लाइन्स हो। त्यसैले धेरैजसो चिनियाँ व्यवसायले यसलाई भारतीय बजारमा प्रवेश गर्ने पहिलो गन्तव्यको रुपमा छानेका छन्। सन्2004 मा पूर्व बिद्युत शक्ति समूहले भारतीय बजारमा पहिलो ठूलो परिमाण परियोजनाको करारनामा हास्ताक्षर गरेको थियो। अनि सन्2008 जुलाईमा पूर्व बिजुली शक्ति भारतीय शाखा लिमिडेट कम्पनी कलकत्तामा स्थापना भएको थियो। हाल यस कम्पनीले पश्चिम बङ्गाल राज्यका दुई ताप विद्युत कारखानाको परियोजना संचालन गरिरहेका छन्। यसप्रति शाखा लिमिडेट कम्पनीका निर्देशक वाङ्ग हुङ्ग शानले जानकारी दिनुभयो:हाम्रो कम्पनीको मुख्य कारोबार भनेको भारतमा पूर्व विद्युत शक्ति समूहको डाइनामोटर सम्बन्धी बिक्रीपछिको सेवा हो। सो सेवामा स्पेयर पार्टसको आपूर्ति,प्राविधिक सेवा, सञ्चालित कारखानाको संरक्षण, उपकरणको जाँचबुझ, कर्मचारीको तालिम आदि विषय समेटिएका छन्।

पूर्व विद्युत शक्ति समूहले भारतीय बजारमा प्रवेशलाई छान्नुको कारणबारेमा चर्चा गर्दै निर्देशक वाङ्गले व्याख्या गरेअनुसार भारतको ठूलो जनसंख्या र स्थिर राजनीतिक वातावरण रहेको छ। तापनि हाल केही दशकयता आधारभूत प्रबन्धको निर्माण विशेष गरी विद्युत शक्ति क्षेत्रको विकास सुस्त छ। पूर्व विद्युत शक्ति समूहले भारतको ठूलो संभावित बजारमूलक शक्तिको विचार गरी भारतीय बजारलाई छानेको हो। उहाँले यसरी भन्नुभयो:भारत सरकार र सर्वसाधारणले अर्थतन्त्रलाई तिब्र गतिमा विकास गर्ने इच्छाशक्ति एकदमै ठूलो छ। सन्2000देखि सन्2010सम्मको अवधिमा भारतको सारा देशको विद्युत शक्तिको कूल जडान क्षमता चौध करोड किलोवाट मात्रै थियो। अनि यस अवधिमा चीनको कूल जडान क्षमता असी करोड किलोवाटभन्दा बढी पुगेको थियो। यसबाट हेर्दा भारतमा विद्युत अभावको समस्या गम्भीर देखिन्छ भने भारतसँग एक विशाल संचिति बजार रहेको अभिव्यक्त भएको छ।

पूर्व विद्युत शक्ति समूहले भारतमा प्रवेश गरेको दश वर्षयता स्थानीयकरण कार्यनीति स्थिर रुपमा सञ्चालनमा आइरहेको छ। हाल भारतीय शाखा कम्पनीमा कार्यरत् कर्मचारी 68प्रतिशत भारतीय जनता छन्। अनिर्बानanirban भारतीय शाखा कम्पनीको वित्तीय विभागका प्रबन्धक हुनुहुन्छ। यस कम्पनीबारे अझ राम्ररी जानकारी लिनका लागि हाल उहाँले चिनियाँ भाषा सिकिरहनु भएको छ। उहाँका अनुसार पूर्व विद्युत शक्ति कम्पनी लगायत चिनियाँ विद्युत शक्ति कम्पनीहरुले स्थानीय विद्युत शक्तिको आपूर्तिका लागि ठूलो योगदान गरेका छन्। उहाँले यसरी भन्नुभयो:हाल भारत विशेष गरी धेरैजसो ग्रामीण क्षेत्रमा विद्युत शक्ति श्रोतको आपूर्ति निरन्तर कम्जोर छ। पूर्व विद्युत शक्ति कम्पनीले हाल नयाँ परियोजनाको काम गरिरहेको छ। यी परियोजना भारतको विद्युत समस्याका लागि ठूलो हितकर हुने छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान