नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > अर्थ तथा व्यापार > विस्तृत विषय

तिब्बतमा नेपाली व्यवसायी दिपक सिंह बोहराको व्यापारिक कथा

2015-09-15 14:41:16 CRI

जुलाई महिनामा फुलाआनमा सूर्यको तेजिलो किरण, हरियो जौ र पहेलो यौ छाइ फूलहरुको एउटा सुन्दर दृश्य देख्न सकिन्छ। मयुर नदी शान्तसँग एकोहोरो बगिरहेको छ। यहाँ जिल्लाको केन्द्रीय क्षेत्रमा पर्ने फूलाआन सिमा व्यापारिक बजारमा मात्रै मानिसहरु तथा सवारीसाधनको भिडभाड र रमाइलो आवाज सुन्न सकिन्छ।

यस बजारमा प्रवेश गर्ने वित्तिकै बजारको ढोका नजिकै एक कालो वर्णका पुरुषको ठूलो आवाजले आकर्षण गर्दछ। उहाँ यस जिल्लाका प्रसिद्ध व्यवसायी दिपक सिंह बोहरा हुनुहुन्छ। 51 वर्षिय दिपकले फूलाआन सिमा क्षेत्रस्थित बजारमा एउटा पसल सञ्चालन गर्नुभएको छ। 18 वर्षको हुँदादेखि नै उहाँले चीन, नेपाल र भारतबीचको सिमा क्षेत्रमा पर्ने फूलाआन जिल्लामा व्यापार सुरु गर्नुभएकोमा अहिले 33वर्ष पुरा भैसकेको छ। यो 33 वर्षको अनुभव पार गरी उहाँले नेपाली भाषाबाहेक तिब्बती भाषा,चिनियाँ भाषा,हिन्दी र अंग्रेजी भाषा पनि बोल्न सक्नुहुन्छ। साथै उहाँको फूलाआन बासिन्दा मात्र नभई अन्य नेपाली र भारतीय व्यवसायीहरुसँगको सम्बन्ध घनिष्ट छ। त्यसै कारणले गर्दा उहाँ निर्वाचनमा फूलाआन सिमा व्यापारिक बजारअन्तर्गत नेपाली वाणिज्य समितिका अध्यक्ष बन्नुभयो। उहाँले यसरी भन्नुभयो:सिमा व्यापार मेरो एक पारिवारिक जीवनशैली हो। मेरो परिवारले फूलाआनमा व्यापार गरेको लगातार चार पाँच सय वर्षको इतिहास रहेको छ। मेरो पुस्तौं पुस्ता यहाँको व्यापारबाट अलग हुन सकेको छैन।

18 वर्ष हुँदा आफ्नो बुबासँग पहिलोपटक फूलाआनमा व्यापार गर्दाको अवस्थाबारेमा सम्झना गर्दै दिपकले तत्कालै फू खराब प्राकृतिक वातावरण, सुस्त यातायात, अनौठो भाषा, मन्द व्यापार आदि कठिनाईका कारण व्यापार व्यवसाय गर्ने विचार त्याग्न लाग्नुभएको थियो तर आफ्नो बुबा र स्थानीय साथीको सहयोगमा उहाँले यहाँ व्यापार गर्न दृढता कायम राख्नुभयो। जसबाट यी 33 वर्षमा फूलाआनको परिवर्तनमा दिपक प्रत्यक्ष साक्षी बन्नुभएको छ। उहाँले भन्नुभयो:पहिलेको तुलनामा वर्तमान फूलआनको व्यापारिक अवस्था एकदमै राम्रो छ। व्यापारिक परिमाण होस् वा व्यवसायीको संख्यामा ठूलो सुधार भएको देखिन्छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान