नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > अर्थ तथा व्यापार > विस्तृत विषय

उच्च प्रभावकारी आधुनिक यातायात ढुवानी प्रणालीको निर्माणमा चीनको प्रयास

2015-09-15 14:39:37 CRI

दोस्रो चीन यातायात तथा ढुवानी मध्यम तथा दीर्घकालीन विकास रणनीति गोष्ठीमा राष्ट्रिय विकास तथा सुधार परिषदअन्तर्गत आधारभूत उद्योग विभागका निरीक्षक लि क्वो युङ्गले जानकारी दिनुभएअनुसार केही वर्षयता चीनको यातायात सम्बन्धी आधारभूत प्रबन्ध नेटवर्क प्रारम्भिक चरणमा स्थापित भएको छ।

यस वर्षको अन्तसम्म संचालित सारा देशको रेलमार्गको लम्बाई एक लाख बीस हजार किलोमिटर पुगेको छ। द्रूत गतिको रेलको लम्बाई उन्नाईस हजार किलोमिटर छ भने विश्वको अन्य मुलुकको कूल लम्बाईभन्दा बढी छ। राजमार्ग सम्बन्धमा सञ्चालित लम्बाई पैँतालीस लाख साठी हजार किलोमिटर बराबर छ। तीमध्ये सञ्चालित मध्यम तथा उच्च गतिको राजमार्गको लम्बाई एक लाख बीस हजार किलोमिटर पुगेर विश्वको पहिलो स्थान लिएको छ। समुद्री तटवर्ती बन्दरगाहमा दश हजार टनभन्दा बढीको डुङ्गा-घाट बाईस सय पुगेको छ भने थ्रूपुट क्षमता विश्वमा सबैभन्दा ठूलो छ।

यसका साथै चीनको यातायात तथा ढुवानीमा परियोजना बनाउनु,मापदण्डको सुव्यवस्थापन, उपकरण उत्पादन, दक्ष जनशक्तिको उत्पादन आदि क्षेत्रमा अपेक्षाकृत परिपूर्ण प्रणाली स्थापना भएको देखिन्छ। तापनि यातायात तथा ढुवानीको निर्माणमा चीनसँग केही समस्या देखापरेको पनि निरीक्षक लिले व्यक्त गर्नुभयो।

मध्य र पश्चिमी क्षेत्रमा यातायातको आधारभूत प्रबन्ध अपेक्षाकृत ढिलो छ। मैत्री यातायात नेटवर्कको निर्माण सम्पन्न भएको छैन। साथै अन्तर्राष्ट्रिय ढुवानी मार्गमा परस्परिक सम्पर्क परियोजना निर्माणको प्रगति ढिलो देखिन्छ।

निरीक्षक लीका अनुसार राष्ट्रिय विकास तथा सुधार परिषदले चीन रेलमार्ग मुख्यालय र नागरिक उड्डयन प्राधिकरणसँग मध्यम-तथा दीर्घकालीन विकास परियोजनाको तर्जुमा गरिरहेको छ। भविष्यमा चीनले ढुवानी तथा सेवाबाट एकिकृत उच्च प्रभावकारी आधुनिक यातायात ढुवानी प्रणालीको निर्माण गर्नेछ।

चीनको रेलमार्ग मुख्यालयअन्तर्गत योजना तथ्याङ्क विभागका उपप्रमुख हान शु छिङ्गले जानकारी दिनुभएअनुसार राष्ट्रिय रणनीतिक मागबमोजिम रेलमार्गको केन्द्रिय भूमिकालाई जोड दिँदै लगातार रेलमार्गको मैत्री सेवायुक्त क्षमतालाई माथि उकास्ने छ।

यस गोष्ठीबाट सार्वजनिक तथ्यङ्कअनुसार सन्2014 मा चीनको नागरिक उड्डयन चौतारोमा यात्रीको थ्रूपुट त्रियासी करोड जना बराबर छ। सम्बन्धित विशेषज्ञको पूर्वानुमानअनुसार तेह्रौं पञ्च वर्षिय अवधिमा चीनको नागरिक उड्डयन व्यवसाय तीब्र गतिको विकास अवधिमा प्रवेश गर्ने छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान