नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > अर्थ तथा व्यापार > विस्तृत विषय

चीनले चौर्तफी रुपमा शहरी तथा ग्रामीण बासिन्दाका लागि ठूला रोग बीमा कार्यक्रम संचालन गर्ने

2015-09-15 14:38:57 CRI

सो ठूला रोग बीमा भनेको बिरामीले प्रथम त आधारभूत चिकित्सा बीमा र नयाँ ग्रामीण सहयोगात्मक कोषबाट अनुपात बमोजिम प्रतिपूर्ति पाउनेछ। त्यसपछि“सबैभन्दा माथिल्लो लाइन”भन्दा नाघेको खर्च ठूला रोग बीमाबाट प्रतिपूर्ति गर्नसकिने छ। भुक्तानी मापदण्ड र नियम भने सरकारद्बारा तोकिएको कारणले गर्दा सो ठूला रोग बीमा र सामान्य व्यवसायिक बीमाको ठूला रोग बीमाभन्दा फरक छ।

राज्य परिषदको कार्यकारी सम्मेलनको बन्दोबस्ति बमोजिम सन्2017सम्म सारा देशमा अपेक्षाकृत परिपूर्ण ठूला रोग बीमा प्रणाली स्थापना हुनुपर्छ। साथै आधारभूत चिकित्सा बीमा, ठूलो रोग बीमा र चिकित्सा उद्धारलाई मिलाउनुपर्छ। ठूलो रोग बीमा प्रचलनमा आएपछि निरन्तर कठिनाई भोग्ने बिरामीहरु चिकित्सा उद्धार र हितकल्याण सहायता संस्थाबाट लाभान्वित हुने छन्। जसबाट स्पष्ट रुपमा शहरी तथा ग्रामीण बासिन्दाको चिकित्सा बीमाको निष्पक्षतालाई माथि उकास्न संभव हुनेछ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान