नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > अर्थ तथा व्यापार > विस्तृत विषय

चीनले चौर्तफी रुपमा शहरी तथा ग्रामीण बासिन्दाका लागि ठूला रोग बीमा कार्यक्रम संचालन गर्ने

2015-09-15 14:38:57 CRI

धेरै वर्षको प्रयासमार्फत् चीनले शहरी तथा ग्रामीण क्षेत्रको आधारभूत चिकित्सा बीमा प्रणालीको स्थापना गरेको छ। तापनि वास्तविक जीवनमा केही रोग उपचार गर्नका लागि प्रयोग गरिने ठूलो राशीको चिकित्सा खर्च वहन गर्न नसकिने भन्ने समस्या रहेको छ। जसबाट चिकित्सा खर्च अनेकन परिवारको कठिनाईको विषय बनेको छ।

वर्तमानमा लागू भैरहेको आधारभूत चिकित्सा बीमा प्रणालीमा चिकित्सा खर्चको प्रतिपूर्ति भन्ने मात्रै रहेको छ। प्रतिपूर्ती गर्नसकिने सबैभन्दा धेरै खर्च भन्ने भावार्थ रहेको सो“सबैभन्दा माथिल्लो लाइन” मा स्थानीय स्थलको औसत सामाजिक तलबको तीन-चार गुणा बराबर छ। नाघेको खर्च व्यक्तिगत रुपमा व्यहोर्नुपर्छ। यसका अतिरिक्त चिकित्सा बीमाले रोगको किसिम र प्रयोग गर्नसकिने औषधीलाई पनि सीमित गरेको छ। नागरिकले चिकित्सा उपचारका लागि ठूलो धनराशी गुमाउनुपर्दा गरिबीतर्फ धकेलिने समस्याको समाधान गर्न सम्बन्धित राष्ट्रिय विभागले सन्2012देखि विभिन्न स्थलमा ठूला रोग बीमा कार्यक्रमलाई परीक्षणका रुपमा लागू गर्दै आएको छ। गत वर्ष अर्थात् सन्2014सम्म यो ठूला रोग बीमा आधारभूत रुपमा विभिन्न प्रान्तमा स्थापित भएको छ।

राज्य परिषदको कार्यकारी सम्मेलनद्बारा निश्चित गरिएको सो शहरी तथा ग्रामीण बासिन्दा ठूला रोग बीमा आधारभूत बीमा र नयाँ ग्रामीण सहयोगात्मक कोषबाट आउने कार्यक्रम हो। यस वर्षको अन्त हुनुअघि नै सो ठूला रोग बीमा आधारभूत बीमामा भाग लिने सबै शहरी तथा ग्रामीण बासिन्दालाई समेट्नुपर्नेछ। यसप्रति ठूला रोग बीमा मानवशक्ति स्रोत तथा सामाजिक प्रत्याभूति मन्त्रालयअन्तर्गत सामाजिक प्रत्याभूति अनुसन्धान व्युरोका प्रमुख चिन वी काङ्गले वास्तवमा ठूला रोग बीमा नै सामाजिक प्रत्याभूति र व्यवसायिक बीमाद्बारा मिलाइएको कार्यक्रम भएको विचार व्यक्त गर्नुभयो। उहाँका अनुसार यस ठूला रोग बीमामा आधारित भइ विशाल चिकित्सा खर्च भन्ने बोझिलो भारी बोक्ने सर्वसाधारणले बीमा कम्पनीबाट“दोस्रो पूर्ति” पाउनसक्ने छन्।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान