नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > अर्थ तथा व्यापार > विस्तृत विषय

पर्यटनको विकासद्वारा गरिबी न्यूनीकरण गर्ने चीनको योजना

2015-09-15 14:38:08 CRI

चीनको आर्थिक विकास र नागरिक आम्दानी बढ्दै जानुका साथै उपभोग संरचनाको शैली परिवर्तन पनि तिब्र गतिमा जाँदै गर्दा चीनको ग्रामीण क्षेत्रको पर्यटन विकासको प्रवृत्ति उत्कृष्ट देखिन्छ। सम्बन्धित तथ्यङ्कअनुसार सन्2014 मा सारा देशमा ग्रामीण क्षेत्रको पर्यटन व्यापारीहरुको संख्या बीस लाखभन्दा बढी पुगेको छ। विशेषतायुक्त पर्यटकीय ग्रामीण क्षेत्र एक लाख बराबर छ जसले बाह्र अर्ब पर्यटक आकर्षित गरेको छ।

तिब्र गतिमा विकसित ग्रामिण क्षेत्रको पर्यटन चिनियाँ गरिब जनसंख्यालाई गरिबीबाट मुक्त गरी धनी बनाउने एक महत्वपूर्ण माध्यम बनेको छ। चीनको राष्ट्रिय पर्यटन व्युरोका उपाध्यक्ष उ वन श्वेले जानकारी दिनुभएअनुसार सन्2010देखि सन्2014सम्म सारा देशले ग्रामीण क्षेत्र पर्यटनको विकासमार्फत 10 प्रतिशतभन्दा बढी गरिब जनसंख्यालाई गरिबीबाट मुक्त गरेको थियो।ग्रामीण क्षेत्र पर्यटनले ग्रामीण गरिब जनसंख्यालाई गरिबी हटाउने तरिका तथा माध्यम मुख्य गरी पाँच वटा रहेका छन्। एक:प्रत्यक्ष रुपमा ग्रामीण पर्यटन व्यापारमा भाग लिनु। दुई:ग्रामीण पर्यटन सम्बन्धी स्वागत सेवामा भाग लिनु। तीन:ग्रामीण पर्यटनको विकासका क्रममा आफ्नो कृषि उत्पादित बस्तुको बेचविखन गर्नु। चार:पर्यटनको विकासका लागि आफ्नो भूमि भाडामा दिनु। पाँच:पूँजी,जनशक्ति,भूमिलाई ग्रामीण पर्यटनको व्यवस्थापनमा मिलाएर नाफा बाँड्नु।

उपाध्यक्ष उका अनुसार ग्रामीण पर्यटनको विकसित अवसर र बृद्धिका सामु संभावित शक्ति विशाल छ। आउने चारणमा राष्ट्रिय पर्यटन व्युरोले सम्बन्धित नीतिलाई पूर्णता दिलाएर संरचनामा नविनता दिंदै जाने छ। शक्तिको सुव्यवस्थापन गर्दै लगानीलाई विस्तार गरी ग्रामीण पर्यटनको विकास र किसानको आम्दानीलाई बढाउँदै लगिनेछ।ग्रामीण पर्यटन सम्बन्धी कार्यलाई माथि उकास्नका लागि“ग्रामीण पर्यटनको लगातार स्वस्थ विकासलाई प्रवर्द्धन सम्बन्धी केही सुझाव”मसौदा बनाउन प्रवर्द्धन गर्नुपर्छ। राष्ट्रिय पर्यटन व्युरोले सम्बन्धित विभिन्न विभागसँग शक्तिशाली रुपमा ग्रामीण पर्यटनमा रहेको स्वास्थ्य र सार्वजनिक सेवा गम्भीर सुस्त गतिको समस्याको समाधान गर्ने छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान