नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > अर्थ तथा व्यापार > विस्तृत विषय

अख्तियार एजेन्सीद्बारा चिनियाँ युआनको अन्तर्राष्ट्रियकरण भविष्यप्रति आशावादी

2015-09-15 14:37:22 CRI

सो प्रतिवेदनका अनुसार सन्2014 मा लन्डनमा चिनियाँ युआनको कूल व्यापार मात्रा सन्2013भन्दा 143 प्रतिशतले बढेको छ। औसत प्रतिदिनको व्यापार मात्रा एकसट्ठी अर्ब पचास करोड अमेरिकी डलर बराबर छ। यसप्रति लन्डन वित्तीय शहरको नीति तथा ऊर्जा समितिका अध्यक्ष मार्क बोलिटmark boleatले हाल केही वर्षयता लन्डनमा चिनियाँ युआन बजारको गहनता र जटिलता स्पष्ट देखिन्छ भने बजारमूलक सहभागिता पनि सक्रिय रुपमा देखापरेको विचार व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो:विश्वको दोस्रो ठूलो आर्थिक समूहको हैसियतले चीन द्बिपक्षीय व्यापार तथा लगानीको पहिलो रुचाइएको बजार हो। यसका अतिरिक्त चीन सरकारले सक्दो प्रयासले आर्थिक सुधारलाई प्रवर्द्धन गरिरहेको छ। यस कारणले गर्दा चीन लन्डन वित्तीय शहरको महत्वपूर्ण सहयोगात्मक साझेदार बनेको छ। दिनप्रति दिन सहभागितामूलक अन्तर्राष्ट्रिय समाजमा चीनले निरन्तर रुपमा महत्वपूर्ण भूमिका सिर्जना गर्दै जाने छ।

लन्डन वित्तीय शहरले सन्2012देखि चिनियाँ युआन व्यापार केन्द्र भन्ने योजना सुरु गरेको थियो। यस योजनाले लन्डनलाई चिनियाँ युआनको अन्तर्राष्ट्रिय बजारको पश्चिमी केन्द्रको रुपमा निर्माण गर्ने लक्ष्य लिई सक्रिय रुपमा अन्तर्राष्ट्रिय व्यापार तथा लगानीमा चिनियाँ युआनको प्रयोगलाई विस्तार गरिरहेको छ। स्थानीय समयअनुसार गत जुन 29 तारिख लन्डन वित्तीय शहर, स्टाण्डर्ड चार्टर्ड समूह पीएलसी, Standard Chartered group र थम्सन रोयटर्स Thomson Reutersले संयुक्त रुपमा “चिनियाँ युआनको बढावाद्वारा अन्तर्राष्ट्रिय बजारमा पर्ने प्रभाव र कूटनीति तथा अन्तर्एटलान्टिक बैकिङ्ग निगरानी तथा व्यवस्थापन”शीर्षकको प्रतिवेदन सार्वजनिक गरेका थिए।

यस प्रतिवेदनका अनुसार एटलान्टिक परिषदका विद्बान् क्रिस ब्रुमरchris brummerले चिनियाँ युआनको अन्तर्राष्ट्रिकरण एक जटिल र चुनौतीसहितको प्रक्रिया भए तापनि यसले अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नयाँ विकासको अवसर प्रदान गरेको कुरा व्यक्त गर्नुभयो।चिनियाँ अन्तर्राष्ट्रियकरण प्रक्रियासँग विविध सँचिति अवसर रहेका छन्। एकातिर अमेरिका र युरोपका कम्पनी र लगानीकर्ताका लागि एक थपिने छनौट पनि हो। अर्कातिर चिनियाँ अन्तर्राष्ट्रियकरणले विश्वको अर्थतन्त्रको पुनरुत्थानका लागि महत्वपूर्ण भूमिका सिर्जना गरेको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान