नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > अर्थ तथा व्यापार > विस्तृत विषय

चीनद्बारा वैदेशिक व्यापार प्रतिस्पर्धाको नयाँ श्रेष्ठतालाई हुर्काइने

2015-09-15 14:36:25 CRI

परम्परागत वैदेशिक व्यापारिक श्रेष्ठता कम्जोर बन्दै नयाँ श्रेष्ठता स्थापना नभएको पृष्ठभूमिमा चीनको राज्य परिषदले “तीब्र गतिमा वैदेशिक व्यापारको नयाँ प्रतिस्पर्धात्मक विशेषता प्रवर्द्धन गर्ने सम्बन्धी केही सुझाव”सार्वजनिक गरेको हो। यसप्रति चीनको वाणिज्य मन्त्रालयअन्तर्गत वैदेशिक व्यापार विभागका उपप्रमुख च लु सुनले जानकारी दिँदै यसरी भन्नुभयो:अन्तर्राष्ट्रिय बजारमूलक व्यवस्था तथा स्वदेशी बजारमूलक बन्दोबस्तीलाई सुव्यवस्थापन गर्दै विदेशी वाणिज्य बस्तु, व्यापारको मुख्य विषय, र व्यापारिक शैलीलाई राम्ररी अनुकूलन पार्नुपर्छ। प्रविधि, ब्रान्ड, गुणस्तर, सेवालाई केन्द्रीय शक्तिको रुपमा लिई नयाँ प्रतिस्पर्धामैत्री श्रेष्ठताको विकास गर्नुपर्छ।

पहिलेको सम्बन्धित सुझावको तुलनामा यस “तीब्र गतिमा वैदेशिक व्यापारको नयाँ प्रतिस्पर्धालाई हुर्काउने सुझाव”ले वैदेशिक व्यापारको नयाँ श्रेष्ठता र परम्परागत श्रेष्ठता,सुधारलाई गहन पार्ने,एक पेटी एक मार्गको रणनीतिसित घनिष्ट रुपमा समायोजन गर्दछ। यसप्रति उपप्रमुख चले एक पेटी एक मार्ग को रणनीति चीनको वैदेशिक व्यापारको बृद्धि दरका लागि हितकर हुनु अपरिहार्य रहेको विचार व्यक्त गर्नुभयो।

चीनद्बारा प्रस्तुत एक पेटी एक मार्गले यस सम्बन्धित तटवर्ती मुलुकको हार्दिक प्रतिक्रिया पाएको छ। हाल केही तटवर्ती मुलुकले यस रणनीति सम्बन्धी परियोजनाको तयारी गरिरहेका छन्। चीन बाह्य जगतमा निस्कनुका साथै तटवर्ती मुलुकका लागि पनि कर प्रणाली, रोजगार तर औद्योगिक प्रगति ल्याउने विश्वास गरिएको छ। त्यसैले त्यो एक पारस्परिक हित तथा साझा फाइदामुलक रणनीति हो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान