सुधार तथा खुलापन र विशेष गरी विश्व व्यापार संगठनको एक सदस्य बनेपछि चीनले चौतर्फी रुपमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिएको छ। सम्बन्धित तथ्याङ्कअनुसार चीनको वैदेशिक व्यापारको निर्यात-आयात रकम सन्1987को बीस अर्ब साठी करोडदेखि सन्2014को त्रिचालीस खर्ब अमेरिकी डलरले बढेको छ। चीन लगातार दुई वर्षमा विश्वको पहिलो ठूलो व्यापारिक मुलुकको स्थान लिएको छ।
स्वदेशी तथा विदेशी आर्थिक वातावरण परिवर्तन हुनुका साथै चीनको वैदेशी व्यापार ठूलो भएता पनि बलियो नभएकोले समस्याहरु दिनप्रति दिन स्पष्ट देखिने गरेका छन्। यसप्रति चीनको वाणिज्य मन्त्रालयअन्तर्गत वैदेशिक व्यापार विभागका उपप्रमुख च लु सुनले चीनको विदेशी व्यापारलाई प्रवर्द्धन गर्ने तीन ठूलो आधारमा गहन परिवर्तन भइरहेको बताउनुभयो।
यी तीन प्रवर्द्धन आधार भनेका: एक, वैदेशिक माग बमोजिम आर्थिक संकटअघिको लामो अवधिको समृद्धिदेखि बैकिङ संकटपछिको सुस्त बृद्धिस्तरमा परिणत भयो। दुई, औद्योगिक स्थानान्तरणबाट हेर्दा पहिलेको अन्तर्राष्ट्रिय कम्पनीको मुख्य निर्देशनबाट विकसित मुलुक उद्योगसम्म परिवर्तन भयो। तीन, हाम्रो परम्परागत प्रतिस्पर्धात्मक शक्ति कम्जोर बन्दै गएको छ तर नयाँ प्रतिस्पर्धात्मक शक्ति स्थापना हुनसकेन। ।
चीनको भन्सारले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार चालू वर्षको अघिल्ला चार महिनामा चीनको वैदेशिक व्यापारको कूल निर्यात-आयात रकम पचहत्तर खर्ब चिनियाँ युआन पुगेको छ भने गत वर्षको सोहि अवधिको तुलनामा 7.3प्रतिशतले घटेको छ। जसबाट हेर्दा चीनको वैदेशिक व्यापारिक परिस्थिति राम्रो बनिसकेको छैन। हाङ्गचौ खाइद बिजुली मेशन कम्पनीका बिक्री प्रबन्धक मा काउ तुङ्गले जानकारी दिनुभएअनुसार प्रतिस्पर्धीको तुलनामा चीनको श्रम शक्तिको लागत विशिष्टता कमजोर भएको देखिन्छ।