स्थानीय समयअनुसार जुन एक तारिख दिउँसो तीन बजे चिनियाँ वाणिज्य मन्त्री काउ हु छङ्ग र दक्षिण कोरियाली उद्योग तथा व्यापार संसाधन मन्त्री यून साङ् जिकले yoon sang jickले आ-आफ्ना सरकारको तर्फबाट “जन गणतन्त्र चीन र दक्षिण कोरियाली सरकारी स्वतन्त्र व्यापार सम्झौता”मा औपचारिक हस्ताक्षर गर्नुभएको छ। सम्झौता पत्रमा हस्ताक्षर गरेपछि चिनियाँ वाणिज्य मन्त्री काउले सो सम्झौता यी दुबै मुलुकका लागि पारस्परिक हित तथा साझा फाइदासँग सम्बन्धित रहेको विचार व्यक्त गर्नुभयो।
हाल दक्षिण कोरिया चीनको तेस्रो ठूलो व्यापारिक साझेदार र पाँचौं ठूलो वैदेशिक लगानीको उद्गम देश हो। अनि चीन दक्षिण कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार र वैदेशिक लगानीका लागि सबैभन्दा ठूलो गन्तव्य मुलुक हो। यस सम्झौतामा हस्ताक्षर गरेपछि यी दुबै पक्षबीचको आर्थिक तथा व्यापारिक आदानप्रदान तथा लगानी अझ बढी स्वतन्त्र,सुविधाजनक तथा सुव्यवस्थित हुनेछ। जसबाट यी दुबै मुलुकबीचको आर्थिक तथा व्यापारिक सहयोग विकासका लागि महत्वपूर्ण भूमिका सिर्जना गर्नसक्नेछ।
दक्षिण कोरियाली उद्योग तथा व्यापार संसाधन मन्त्री युन साङ् जिकका अनुसार सन्1992 मा दक्षिण कोरिया र चीनबीचको दौत्य सम्बन्ध स्थापना भएदेखि द्बीपक्षीय व्यापार रकम 37 गुणाले बढेको छ। सो स्वतन्त्र व्यापार सम्झौताबाट यी दुबै मुलुकबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई अझ घनिष्ट बनाउने अपेक्षा गरिएको छ।
यस स्वतन्त्र व्यापार सम्झौताले दक्षिण कोरिया र चीनबीचमा कूल गार्हस्थ उत्पादन मात्रा एक सय बीस खर्ब अमेरिकी डलरसहित विशाल बजारको विकास गरिने भएको छ। जसबाट यी दुबै मुलुकका व्यवसाय र अर्थतन्त्रका लागि असीमित विकासका अवसर सिर्जना गरिने छ।
हाल चीन र दक्षिण कोरियाबीचको प्रतिवर्षको व्यापारिक रकम तीन खर्ब अमेरिकी डलर बराबर छ। सम्बन्धित पूर्वानुमानअनुसार सो सम्झौता सञ्चालनमा आएपछि हरेक वर्ष चीनको अर्थतन्त्र 0.3प्रतिशतले बढ्ने छ भने दक्षिण कोरियाको आर्थिक बृद्धि दरलाई 0.96प्रतिशतले बढाउने अपेक्षा छ।