नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > अर्थ तथा व्यापार > विस्तृत विषय

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा चीनको आणविक-बिजुलीको क्षमता

2015-09-15 14:34:40 CRI

चीनको आणविक श्रोत उद्योग समितिका महाप्रबन्धक एवम राष्ट्रिय पारमाणिक उर्जा एजन्सीका भूतपूर्व प्रमुख चाङ्ग व्हा चुले मे अठार तारिख चीनको आणविक-बिजुलीले तीस वर्षको विकास तथा निर्माण पार गरी अन्तर्राष्ट्रिय प्रतिस्पर्धा शक्ति बोकेको बताउनुभयो। उहाँका अनुसार चीनको आणविक-बिजुली सम्बन्धी प्रविधि तथा उपकरण बाहिर जाने रणनीतिमा देखापरेको बताउँदै केवल मूल्य तथा लागत भन्ने क्षेत्रबाट मात्रै प्रतिबिन्बित नभएको बताउनुभयो।

गत अठार तारिख चीनको पत्रकार समितिको संयोजनमा भएको“चीनको आणविक-बिजुलीको श्रेष्ठता र बाहिर जाने रणनीति”भन्ने गोष्ठीमा महाप्रबन्धक चाङ्गले चिनियाँ तथा विदेशी पत्रकारलाई केही वर्षयता चिनियाँ नेताहरुको प्रवर्द्धनमा चीनको आणविक-बिजुली निर्यात हुन सक्ने सकारात्मक प्रगतिबारेमा जानकारी दिनुभयो।

वितेका केही वर्षको प्रयास पार गरी चीनको आणविक-बिजुली निर्यात गर्नुले वास्तविक प्रगति हासिल गरेको छ। चीनले रोमानिया,अर्जेन्टिनासँग बेग्ला बेग्लै रुपमा सरकारी आणविक-बिजुली श्रोत सहयोगात्मक सम्झौतामा हस्ताक्षर गरेको छ। साथै चीन र बेलायत सरकारबीचको नागरिक आणविक शक्ति सहयोग संयुक्त वक्तव्यले सक्रिय रुपमा हिन्क्ले आणविक-बिजुली परियोजनालाई प्रवर्द्धन गरेको देखिन्छ। यसका अतिरिक्त चीन र दक्षिण अफ्रिका, टर्की, चेक, इजिप्ट, साउदी अरब आदि मुलुकसँगको सम्बन्धित सहयोग पनि सक्रिय रुपमा गरिरहेको छ।

महाप्रबन्धक चाङ्गका अनुसार आणविक-बिजुली निर्यात गर्ने रणनीतिको केन्द्रीय विन्दू प्राविधिक नतिजाको उपलब्धि हो। उदाहरणका लागि चीनको तेस्रो पुस्ताको स्वविकसित आणविक-बिजुली प्रविधि “व्हा लुङ्ग पहिलो” यही मे सात तारिख फु च्यानको फु छिङ्गमा निर्माण सुरु भएको छ। जसबाट चीनको स्वविकसित आणविक-बिजुली प्रविधि क्रमशःपरिपक्व बन्दै गएको प्रतिबिम्बित भएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान