तपाईँको वर्तमानस्थान:नेपाली भाषा > अर्थ तथा व्यापार > विस्तृत विषय

एघारौं“निलो कक्षा मञ्च”सुरु

2015-09-15 14:33:55 CRI

ब्लू क्लास फोरम परराष्ट्र मन्त्रालय र ह पै प्रान्त सरकारद्बारा संयुक्त रुपमा संयोजन गरिएको हो। परराष्ट्र मन्त्री वाङ्ग यीले यस मञ्चमा भाग लिँदै चीनले अन्तर्राष्ट्रिय व्यवसाय सहयोगलाई मजबुत बनाउनु नै स्वदेशी अर्थतन्त्रको विकास शैलीलाई परिवर्तन गर्ने महत्वपूर्ण र आवश्यक कदम भएको विचार व्यक्त गर्नभुयो। उहाँले यसरी भन्नुभयो:हाल चीनले आर्थिक बनौटको सुव्यवस्थापनलाई तीब्र गतिमा बढाइरहेको छ। अत्याधिक श्रेष्ठ उत्पादन श्रोतलाई बाहिर ल्याएबाट स्वदेशी बजारको अपेक्षाकृत मागलाई पूर्ति गर्नका लागि आवश्यक भएको देखिन्छ। चीनको आर्थिक शैलीको परिवर्तन विश्वका विभिन्न मुलुकका लागि एक खुशीलाग्दो खबर हो।

धेरै वर्षको विकास पार गरी चीनले ‌औद्योगिकीकरणको परिपक्व अवधिमा प्रवेश गरेको छ। वर्तमान चीनसँग प्रचुर श्रेष्ठ व्यवसाय र अत्याधिक उत्पादन श्रोत रहेको छ। यी उत्पादन श्रोतसँग शक्तिशाली प्रतिस्पर्धा शक्ति रहेको छ। यस मञ्चमा ह पै प्रान्तका व्यवसायले बाह्य दुनियामा प्रवेश गर्ने सम्बन्धमा राष्ट्रिय विकास तथा सुधार परिषदअन्तर्गत विदेशी अर्थतन्त्र अनुसन्धान व्युरोका प्रमुख चाङ्ग येन शङ्गले यसरी भन्नुभयो:ह पै प्रान्त बाहिर फैलिने सन्दर्भमा तीन विन्दूलाई जोड दिनुपर्छ। एक: सहयोगात्मक साझेदारीको छनौट। किनभने ह पैको श्रेष्ठ उत्पादन श्रोत विदेशी सहयोगात्मक साझेदारी मुलुकलाई विशेष रुपमा चाहिएको कुरा हो। दुई: ह पै व्यवसाय बाहिर जानुका साथमा बैंक व्यवसाय पनि बाहिर जानुपर्छ। यस्तो गठबन्धन व्यवसाय टोली विदेशमा आर्थिक तथा व्यापारिक सहयोगात्मक क्षेत्रको निर्माणसँग मिल्ने छ। तीन: ह पै व्यवसायले विदेशमा सामाजिक जिम्मेवारी बहन गर्नुपर्छ।

यस चरणको मञ्चले धेरैजसो चीनका लागि विदेशी राजदूत र सम्बन्धित पदाधिकारीलाई आकर्षित गरेको छ। चीनका लागि आइभोरी कोष्टका राजदूताबासका आर्थिक परामर्शदाता सेविरिनले यस मञ्चबारेमा चर्चा गर्दै यसरी भन्नुभयो:यस मञ्चमा भाग लिन पाएकोमा मलाई निकै खुशी लाग्यो। मैले ह पै प्रान्तको आर्थिक शक्तिबारे थाहा पाएँ। पहिले पैचिङ्ग नजिक पर्ने ह पै यस्तो शक्तिशाली आर्थिक प्रान्तप्रति केही जानकारी लिएको थिइँन। ह पै र अफ्रिकाबीचको सहयोगलाई सबल पार्न निकै महत्वपूर्ण छ। एकातिर ह पै प्रान्तले आफ्नो श्रेष्ठ व्यवसायलाई बाहिरतर्फ फैलाउनुपर्दछ भने अर्कातिर अफ्रिकाले झन झन बढी चिनियाँ व्यवसायले अफ्रिकामा लगानी गर्नका लागि स्वागत गर्दछ।

हाल बैंकिङ्ग संकटले निरन्तर रुपमा विश्वको अर्थतन्त्रमा केही प्रभाव पारिरहेको छ। क्षेत्रीय विकास र उत्तर तथा दक्षिण विकासको असन्तुलनको समस्या दिनप्रति दिन स्पष्ट देखिँदै गएको छ। सारा विश्वको पूँजी,व्यवसाय, प्रविधि नयाँ चरणमा गहन व्यवस्थापनमा बसिरहेको छ।यस्तो पृष्ठभूमिमा अन्तर्राष्ट्रिय व्यवसायबीचको सहयोगलाई सबल पार्दै संयुक्त रुपमा विकास उपलब्धिको उपभोग्य गर्नु नै विभिन्न मुलुकका सामु देखापरेको साझा समस्या हो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान