नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > अर्थ तथा व्यापार > विस्तृत विषय

चीनको उपभोग्य दर 50 प्रतिशतभन्दा बढी पुग्ने

2015-09-15 14:33:00 CRI

उपभोग्य दर भनेको एक मुलुक वा क्षेत्रले एक वर्षमा गरेको कूल उपभोगमध्ये नागरिक तथा समाजका लागि प्रयोग गरिने कूल मात्रा सोही वर्षको कूल गाहर्स्थ उत्पादनमा लिइएको अनुपात हो। यस अंकबाट एक मुलुकबाट उत्पादित मालसामान उपभोक्ताका लागि प्रयोग गरिने अनुपात प्रतिबिन्वित भएको हुन्छ।“सन्2015 उपभोक्ता बजार विकास प्रतिवेदन”बाट हेर्दा उपभोग्य नै राष्ट्रिय अर्थतन्त्रका लागि पहिलो ठूलो प्रवर्द्धन शक्ति बनेको छ। यसप्रति वाणिज्य मान्त्रालयअन्तर्गत अनुसन्धान व्युरोका अनुसन्धानकर्ता चाउ फिङ्गले भन्नुभयो:समष्टिगत द्दष्टिकोणबाट हेर्दा सन्2015 उपभोगको विकास प्रवृत्ति लगानीभन्दा स्पष्ट राम्रो देखिन्छ। बितेका पाँच वर्षमा अर्थतन्त्रको विकासका लागि उपभोगले गरेको योगदान लगातार बढ्दै आएको छ। उपभोग् अर्थतन्त्रको सबैभन्दा शक्तिशाली प्रवर्द्धन शक्ति बनेको छ।

बितेका पाँच वर्षमा चीनको औद्योगिक बनौटको सुधारमा स्पष्ट उपलब्धि पाइएको छ। तेस्रो उद्योग, सूचनात्मक सेवा आदि व्यवसायले राष्ट्रिय अर्थमा उत्कृष्ट बन्दै महत्वपूर्ण भूमिका सिर्जना गरिरहेको छ। ती व्यवसायले चीनको उपभोग्य बनौटमा गहन प्रभाव पारिरहेको धारणा अनुसन्धान चाउ फिङ्गले व्यक्त गर्नुभएको छ:उपभोगको दृष्टिबाट हेर्दा प्रवर्द्धन शक्ति वाणिज्य बस्तुबाट सेवासम्म, परम्परागत जीवन आवश्यक बस्तुबाट सेवा तथा इन्टरनेट सम्बन्धि बस्तुसम्म परिवर्तन भएको छ। वर्तमान उपभोग्य मालसामानको उपभोगबाट सेवायुक्त क्षेत्रको उपभोग्यसम्म परिवर्तन गर्ने क्रममा बसिरहेको छ।

उपभोग्य शैली क्रमशः बढ्नुका साथै नयाँ पुस्ता सूचना तथा सञ्चार प्रविधि पनि व्यापक रुपमा सञ्चालनमा आउँछन्। सम्बन्धित सर्भेक्षणका अनुसार चिनियाँ उपभोक्ताले बौद्धिक बस्तुप्रतिको इच्छा झन झन बढी स्पष्ट देखिन्छ। यसप्रति अनुसन्धानकर्ता चाउले भन्नुभयो:बौद्धिक बस्तु वर्तमान आधुनिक जीवनका विविध क्षेत्रमा प्रयोग गरिएको छ। सर्भेक्षणबाट हेर्दा 81प्रतिशतभन्दा बढी चिनियाँ उपभोक्ताले अझ बढी पैसा लिइ जीवनलाई सुविधा पार्ने बौद्धिक बस्तुको उपभोग गर्ने इच्छा देखाएका छन्। सर्भेक्षणमा भाग लिएका 81.6प्रतिशत उपभोक्ताले इन्टरनेट घर उपकरणको विकासमा समर्थन दिन्छन्।

सन्2015 चीनको सूचनात्मक उपभोग्य परिमाण तीस खर्ब बीस अर्ब चिनियाँ युआन पुग्ने छ भने सन्2014को तुलनमा 20प्रतिशतले बढ्ने छ। बौद्धिक मोबाइलफोन,ल्यापटप कम्प्युटर,इन्टरनेट टेलिभिजनको उपभोग्य स्थिर बढ्दै गएको छ। इन्टरनेट सेवा तिब्र गतिमा विकसित भइरहेको छ। बौद्धिक उपभोगले जीवनमा नयाँ आयाम थप्नेछ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान