तपाईँको वर्तमानस्थान:नेपाली भाषा > अर्थ तथा व्यापार > विस्तृत विषय

तिब्बती आर्थिक समाजको 50 वर्षको विकास उपलब्धी

2015-09-15 14:32:12 CRI

गोष्ठीमा चीनको सामाजिक तथा वैज्ञानिक प्रतिष्ठानअन्तर्गत आधुनिक इतिहास अनुसन्धान व्युरोका सहायक प्रमुख चा ल्वोले केही तथ्याङ्कमार्फत् तिब्बती समाजको विकासको स्पष्ट व्याख्या गर्नुभयो। सन्1951देखि सन्2014सम्म तिब्बतको जनसंख्या एघार लाख चालिस हजारबाट तीस लाखसम्म बढेको छ। ‌औसत आयु 35.5 बाट68वर्षसम्म पुगेको छ। कूल गार्हस्थ्य उत्पादन मात्रा सत्र करोड चालिस लाखदेखि बयान्नव्बे अर्ब चिनियाँ युआनसम्म पुगेको छ। बाल मृत्युदर एक हजारमा 430 बाट झरेर 19.97 जनासम्म पुगेको छ। तिब्बत मुक्तिअघिसम्म सारा तिब्बतमा मन्दिरमा मात्रै शिक्षा थियो भने आम नागरिकका लागि शिक्षा थिएन। आजकाल लगभग तीन लाख असी हजार विद्यार्थीहरुले सरकारको अनुदानबाट लाभान्वित भै शिक्षा लिइरहेका छन्। पुरानो तिब्बतमा केवल तीन सरकारी चिकित्सा संस्था रहेका थिए भने चिकित्सकको संख्या एकतमै सिमित भयो। सन्2008को सम्बन्धित तथ्याङ्कअनुसार पहिलेको औसत एक हजार मान्छेसँग 0.5 जना चिकित्सकबाट हालको ‌औसत एक हजार विरामीका लागि 3.05 चिकित्सकसम्म बढेको देखिन्छ।विशेष गरी तिब्बतको कृषि तथा पशुपालन क्षेत्रमा निःशुल्क चिकित्सा सेवा सञ्चालित छ। सन्2014 मा तिब्बती कृषक तथा पशुपालकको ‌प्रतिव्यक्ति ‌औसत आम्दानी 7471 चिनियाँ युआन पुगेको छ। यसप्रति सहायक प्रमुख चा ल्वोले तिब्बती समाजको यस्तो उत्कृष्ट उपलब्धि सम्पूर्ण देशको सहायतासित घनिष्ट रुपमा सम्बन्धित रहेको विचार व्यक्त गर्नुभयो। उहाँले यसरी भन्नुभयो:तिब्बती समाजको विकासको एक महत्वपूर्ण विशेषता सम्पूर्ण देशको सहायता प्रणाली हो। तिब्बती क्षेत्रको विकास मागबमोजिम केन्द्रीय सरकारले समय समयमा तिब्बत कार्य गोष्ठीको आयोजना गर्दै स्थानीय सरकारसँग श्रृँखलाबद्ध सहायता योजना तर्जुमा गर्दै आएको छ।

सारा चीनका विभिन्न क्षेत्रले तिब्बतलाई दिएको सहायता मुख्य गरी दुई भागमा बाँडिएको छ। एकातिर ठूलो केन्द्रीय बित्तीय समर्थन र अर्कातिर अपेक्षाकृत विकसित प्रान्त र केन्द्रीय व्यवसायको विशेष सहायता कदम हो। यसप्रति सहायक प्रमुख चाले भन्नुभयो:सन्2010 मा आयोजित पाचौं तिब्बत कार्यशाला गोष्ठीमा एक महत्वपूर्ण निर्णय पारित गरिएको थियो। त्यो निर्णय भनेको एक विकसित क्षेत्रले तिब्बतको एक अविकसित क्षेत्रलाई सहायता प्रदान गर्ने। साथै वित्तीय आम्दानीको 0.5प्रतिशत पूँजीलाई तिब्बतका लागि सम्बन्धित सहायतामा पुर्‍याउनुपर्छ। यस निर्णयबाट तिब्बतको विकासका लागि महत्वपूर्ण प्रवर्द्धन भूमिका सिर्जना गरिएको देखिन्छ। हाल तिब्बतको नव्बे प्रतिशत वित्तीय खर्च केन्द्रिय सरकार र विभिन्न क्षेत्रको सहायताबाट आएको हो।

आर्थिक विकास र जीवनको सुधारबाहेक तिब्बती जनताको धार्मिक विश्वासको स्वतन्त्रता अत्याधिक सम्मानमा बसिरहेको छ। यसप्रति चीनको सामाजिक तथा वैज्ञानिक प्रतिष्ठानअन्तर्गत जातीय अनुसन्धान व्युरोका अनुसन्धानकर्ता छिन युङ्ग चाङ्गले भन्नुभयो:तिब्बतको विकासको इतिहासबाट हेर्दा धर्मले तिब्बतको सम्पूर्ण समाजको विकासमा महत्वपूर्ण भूमिका सिर्जना गरेको देखिन्छ। गत शताब्दीको असी दशकदेखि यता चिनियाँ कम्युनिष्ट पार्टीको धार्मिक स्वतन्त्रता नीति तिब्बतमा प्रभावकारी तथा खास रुपमा व्यवहारमा उतारिरहेको देखिन्छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान