नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > अर्थ तथा व्यापार > विस्तृत विषय

चीनले बन्दरगाह सम्बन्धित कार्यमा सुधार ल्याउने

2015-09-15 14:28:21 CRI

गत वर्ष सन्2014 मा चीनको अर्थतन्त्र नयाँ स्थायी अवस्थामा प्रवेश गरेदेखि यता आर्थिक वृद्धि दर घट्न सक्ने संभावनाले दबाव निरन्तर बढ्दै गएको छ। वृद्धि दरलाई स्थिर पार्नु नै सबैभन्दा महत्वपूर्ण आर्थिक काम बनेको छ। चीनको भन्सारका सम्बन्धित तथ्याङ्गकअनुसार चालू वर्ष जनवरीदेखि फेब्रअरी महिनासम्मको अवधिमा चीनको कूल आयात-निर्यात मात्रा सैंतीस खर्ब नव्बे अर्ब चिनियाँ युआन बराबर छ भने गत वर्षको सोही अवधिको तुलनामा 2प्रतिशतले घटेको छ। यस वर्षको सरकारी कार्य प्रतिवेदनमा विदेशी व्यापारिक वृद्धिको लक्ष्यलाई गत वर्षको 7.5 बाट 6 प्रतिशतसम्म घटाइएको देखिन्छ। तापनि यस 6प्रतिशतको लक्ष्यलाई साकार तुल्याउनु सजिलो होइन। चीनका दुई वटा राष्ट्रिय अधिवेशन भएपछि आयोजित पहिलो राज्य परिषद स्थायी कार्य सम्मेलनमा खुलापन विस्तार गर्दै विदेशी व्यापारको स्थिर विकासलाई प्रवर्द्धन गर्न जोड दिइएको छ। विशेष गरी बन्दरगाह पारवहन खुकुलो पार्नु नै वैदेशिक व्यापारको स्थिर विकासलाई प्रवर्द्धन गर्ने सबैभन्दा महत्वपूर्ण विषय बनेको छ। यसप्रति चीनको भन्सार मूल्यालयअन्तर्गत बन्दरगाह व्यवस्थापन कार्यालयका कमर्चारी व्हाङ्ग सङ्ग छ्याङ्गले भन्नुभयो:अर्थतन्त्रको नयाँ स्थायी अवस्थामा आधारित भइ हाम्रो मुलुकले लगातार दुई वर्षमा पहिला ठूला व्यापारिक मुलुकको स्थानलाई कायम राखेको छ। तर विदेशी व्यापारको परम्परागत प्रतिस्पर्धा शक्ति र पहिलेको लागत श्रेष्ठता क्रमशः घट्दै आएको देखिन्छ। नयाँ प्रतिस्पर्धा श्रेष्ठता पूर्ण रुपमा स्थापित हुन सकेन।

थाहा भएअनुसार “बन्दरगाह कार्य सुधार र वैदेशिक व्यापारको विकासको समर्थन सम्बन्धी केही सुझाव”भन्ने निर्णय प्रस्ताव राज्य परिषदसमक्ष पेश गरिएको छ भने आधारभूत रुपमा पारित भइसकेको छ। सो“बन्दरगाह सुधार र वैदेशिक व्यापारको विकासको समर्थन सम्बन्धी केही सुझाव”मा बन्दरगाह पार गर्ने सहयोगात्मक प्रणालीमा नवीनता ल्याउने,अन्तर्क्षेत्रीय तथा अन्तर्विभागको बन्दरगाह पार गर्ने प्रारुपको निर्माणलाई तिब्र गतिमा प्रवर्द्धन गर्ने,अन्तर्राष्ट्रिय व्यापारको सुविधालाई सक्रिय बनाउने आदि विषय समेटिएका छन्।यसप्रति व्हाङ्गले भन्नुभयो:बन्दरगाहसित सम्बन्धित नीतिलाई सजिलो बनाउँदै सम्बन्धित अझ बढी अधिकार विभिन्न तल्लो आयोगलाई हस्तान्तरण गर्ने योजना छ। साथै बन्दरगाह पार गर्ने सम्बन्धी केही प्रशासनिक अनुमोदन कार्यक्रमलाई बन्द गरिनेछ। यसका अतिरिक्त आयात-निर्यात सम्बन्धमा बन्दोबस्त गरिएको प्रशासनिक शुल्कलाई मिनाहा गर्नुपर्छ।जसबाट विदेशी व्यवसायको दबाव घटाउन सकिने छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान