नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > अर्थ तथा व्यापार > विस्तृत विषय

चीन-पाकिस्तान आर्थिक करिडोरको निर्माण सम्बन्धी विशेषज्ञको व्याख्या

2015-09-15 14:27:16 CRI

चीनको सिञ्च्याङ्ग प्रान्तस्थित खाश् र पाकिस्तानको ग्वादार बन्दरगाहलाई जोड्ने चीन पाकिस्तान आर्थिक करिडोरको निर्माणमा अत्याधिक पूँजी,खतरनाक भौगोलिक अवस्था र चिन्तालाग्दो सुरक्षा परिस्थिति आदि कारक तत्वहरुले बाधा उत्पन्न गर्न सक्छन कि सक्दैन?अनि यो आर्थिक करिडोर स्थापित भएपछि सम्बन्धित क्षेत्रका लागि के कस्तो प्रभाव पार्ने छ त?यसप्रति चीन आधुनिक अन्तर्राष्ट्रिय सम्बन्ध अनुसन्धान प्रतिष्ठानअन्तर्गत दक्षिण एशिया, दक्षिण-पूर्वी एशिया एवम् ओशिनिया अनुसन्धान विभागका प्रमुख हु श शङ्ग यसरी भन्नुहुन्छ:चीन र पाकिस्तानबीचको सम्बन्ध सदावहार असल रहिरहेको छ। समष्टिगत राजनीतिक वातावरणबाट हेर्दा चीन पाकिस्तान आर्थिक करिडोरको निर्माणमा कुनै पनि बाधा रहेको छैन। वास्तवमा यस आर्थिक करिडोरको निर्माण पाकिस्तानी पक्षद्धारा सक्रिय रुपमा प्रवर्द्धन गरिएको हो।

चीन-पाकिस्तान आर्थिक करिडोरको निर्माणका सामु सबैभन्दा ठूलो चुनौती भनेको पूँजी हो।यसप्रति प्रमुख हुले भन्नुभयो:त्यो एक ठूलो परियोजना हो भने लगभग तीस वर्षको समय चाहिन्छ। केवल राजमार्गको निर्माणमा चालिस अर्बभन्दा बढी चिनियाँ युआन चाहिन्छ। यस सम्बन्धमा पाकिस्तानी पक्षसँग धेरै पैसा छैन भने चीनले ठूलो पूँजी सहायता प्रदान गर्नुपर्छ। साथै चीनको पूँजी सहायताबाहेक लगानी आकर्षण गर्दै अन्तर्राष्ट्रिय पूँजी भित्र्याउनु नै महत्वपूर्ण माध्यम बन्ने छ।

पूँजी भन्ने बाधालाई पार गरिसकेपछि सुरक्षा समस्याको सामना गर्नुपर्छ। गत वर्ष जुन महिनामा आतंकवादलाई प्रतिकार गर्नका लागि पाकिस्तानद्बारा गराइएको “जार्ब ए अजब Zarb-e-Azb”नामक गतिविधि भएपछि पाकिस्तानी आतंकवादी समूदाय क्षेत्र ध्वस्त भएको छ। केही आतंकवादी तत्वहरुले पाकिस्तानको मुख्य भूमिमा प्रवेश गरी आतंकवाद गतिविधि चलाउने योजना बनाइरहेका छन्। यसका अतिरिक्त आर्थिक करिडोरको निर्माणप्रति दक्षिण एशिया क्षेत्रको ठूलो मुलुक भारतको धारणा संवेदनशील देखिन्छ भन्दै प्रमुख हुले भन्नुभयो:चीन पाकिस्तान आर्थिक करिडोरले भारत र पाकिस्तानबीचको विवादास्पद क्षेत्र काश्मिर पार गर्ने छ। भारतको नक्शा बमोजिम चीन र पाकिस्तानबीचमा कुनै पनि जोडिने क्षेत्र रहेको छैन भने यी दुबै मुलुकलाई जोड्ने क्षेत्र भारतद्बारा “विवादास्पद काश्मिर क्षेत्र” हो। त्यसैले यस आर्थिक करिडोरको निर्माणमा हुने विवादसहित क्षेत्रीय समस्याको समाधान नै महत्वपूर्ण विन्दू हो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान