तपाईँको वर्तमानस्थान:नेपाली भाषा > अर्थ तथा व्यापार > विस्तृत विषय

या आन शहरको पर्यावरणीय कृषि र गाउँ पर्यटनको एकीकृत विकास

2015-05-07 15:41:16 CRI

दुई वर्षअघिको अप्रिल महिनाको बीस तारिखका दिन लु शानमा गएको विनाशकारी भकम्पबाट स छ्वान प्रान्तीय या आनको प्रकोपग्रस्त क्षेत्रको अर्थतन्त्रमा गम्भीर क्षति पुगेको थियो। विगत दुई वर्षमा या आन शहरले विभिन्न क्षेत्रको व्यवसायिक श्रेष्ठतालाई मिलाएर विशेषतायुक्त पर्यावरणीय कृषि र ग्रामीण पर्यटनको एकीकृत विकासलाई जोडतोडताका साथ अगाडि बढाएको छ। या आन शहरले पर्यावरणीय संरक्षण गर्नुका साथै स्थानीय वासिन्दालाई समृद्ध पनि बनाएको छ।

या आन शहरको दक्षिणी भागस्थित हाई युआन जिल्ला “अप्रिल बीस तारिख” लु शान भूकम्पको प्रकोपग्रस्त भएका क्षेत्रहरुमध्येको एक थियो। हाई युआन जिल्लामा प्रशस्त घाम लाग्छ तर जलवायु ओसिलो छ। एक वर्षको चार ऋतुमा ऐंसेलु, पैंयू, स्याउ, नाशपातीआदि फलफूलको उत्पादन हुने गर्छ। प्रशस्त मात्रामा उत्पादन हुने लसुन, गोलभेडा, खुर्सानीआदि तरकारी पनि चीनभरि बिक्री हुन्छ। प्रकोपपछिको पुनःनिर्माणका लागि हाई युआन जिल्लाले आत्मनिर्भर भई “फूल र फलफूलको सयौं किलोमिटर करिडोर”को निर्माण गर्न प्रयास गरिरहेको छ।

 छेन यु गाउँको ऐंसेलु आधार क्षेत्र हाई युआन जिल्लाको व्यवसायको पुनःनिर्माणको एक सूक्ष्म छबि हो। ऐंसेलु आधार क्षेत्र सन् 2014को जुन महिनामा स्थापित भएको थियो। ऐंसेलु आधार क्षेत्रका जिम्मेवार व्यक्ति ली शाउ लेकाअनुसार, ऐंसेलु आधार क्षेत्रको निर्माणका लागि त्यस क्षेत्रलाई छनौट गर्नुका पछाडि सरकारको सहुलियत नीति पनि हो।

“किनभने यहाँ सरकारले निःशुल्क तरकारी खेतीका लागि टनेल र प्रबन्ध उपलब्ध गराएको छ। साथै बाहिरी वातावरण पनि राम्रो देखिन्छ। त्यसैले यहाँ आधार क्षेत्र निर्माण हुन छानिएको छ।”

हाल छेन यु गाउँको ऐंसेलु आधार क्षेत्रको वार्षिक नाफा करीब बीस लाख चिनियाँ युआन पुगेको छ। यो आधार क्षेत्रले उत्तम गुणस्तर र स्वस्थ ऐंसेलु बिक्री गर्दछ। प्रति किलोग्राम ऐंसेलुको 176 चिनियाँ युआन पुग्छ। ली शाउ लेकाअनुसार, इलेक्ट्रोनिक वाणिज्य चौतारो र इलेक्ट्रोनिक बिक्री कम्पनीसँग सहयोग गरेको, साथै किसान र सुपरमार्केटलाई सीधै रुपमा जोडेर बिक्रीको बाटोलाई विस्तार गरेको छ।

“किनभने हामीले उत्कृष्ट गुणस्तर र सुरक्षित फलफूल बिक्री गर्छौं। हाम्रो बिक्री बाटो सामान्य किसानको बिक्री बाटोभन्दा फरक छ। हामीसँग सहकार्य गरेका तीन, चार वटा कम्पनी छन्।”

यस वाहेक, यो ऐंसेलु आधार क्षेत्रले कृषि र पर्यटनलाई मिलाएर ऐंसेलु टिप्ने पर्यटनको विकास गरिहेको छ। हरेक सातामा करीब तीन हजार जना पर्यटक ऐंसेलु टिप्न आउने गर्दछन्।

छेन यु गाउँको ऐंसेलु आधार क्षेत्र “फलफूलको सयौं किलोमिटर करिडोर”को एक भाग हो। सन् 2013 अक्टोबर महिनामा हाई युआन जिल्लाले “फलफूलको सयौं किलोमिटर करिडोर”को निर्माण गर्न थालेको थियो। ह तुङ ता थेन गाउँका किसान हुन्। उनकाअनुसार, “फलफूलको सयौं किलोमिटर करिडोर”को मुख्य लाइनमा यातायात संचालन भइसक्यो। सयौं लाख टनको ताजा कृषि उपज यो लाइनबाट बजारमा पठाइएको छ। ह तुङको पैंयूको आधार क्षेत्र पैंयू टिप्न गएका पर्यटकहरुको संख्या धेरै छ, उनको आम्दानीमा पनि बृद्धि भएको छ।

“हाम्रो आधार क्षेत्रको क्षेत्रफल बीस हेक्टर छ, वार्षिक उत्पादन मात्रा पन्ध्र हजार किलोग्राम पुग्छ। आधार क्षेत्रको चोखो आम्दानी करीब दश लाख चिनियाँ युआन पुगेको छ। अप्रिल बीस लु शान भूकम्प जानुअघि चार, पाँच लाख चिनियाँ युआनको आम्दानी मात्रै थियो।”

ह तुङले पत्रकारसँग भनेअनुसार, व्यवसायको पुनःनिर्माणका क्रममा सरकारले किसानलाई प्राविधिक तालिम दिनुका साथै आधारभूत प्रबन्धमा सुधार गरेको छ। आधारभूत प्रबन्धको सुधार पनि पैंयू उत्पादनको मात्रामा बृद्धि हुनुको महत्वपूर्ण कारण हो। आगामी दिनमा ह तुङले पर्यटन र मनोरञ्जन प्रबन्धको निर्माण गर्नुका साथै, पैंयू आधार क्षेत्रलाई पैँयू टिप्ने परीक्षात्मक बगैंचाको रुपमा निर्माण गर्ने योजना बनाएको छ।  

या आन शहरको कृषि तथा उद्योग समितिका उप प्रमुख चङ स्यौ चनकाअनुसार, प्रकोपपछिको पुनःनिर्माणका क्रममा सरकारले पुनःनिर्माण रकम जुटाएको छ समाजबाट रकम भित्र्याएको छ र सर्वसाधारणलाई भूमिका निर्वाहका लागि प्रोत्साहन गरेको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान