तपाईँको वर्तमानस्थान:नेपाली भाषा > अर्थ तथा व्यापार > विस्तृत विषय

यूरोपतर्फ लम्केको चिनियाँ चिया उद्योग-व्यवसाय

2015-04-23 10:46:31 CRI

अन्तर्राष्ट्रिय खाद्य-पदा‍र्थ र पेय-पदार्थ प्रदर्शनी यसै अप्रिल महिनाको चौध तारिखदेखि सोह्र तारिखसम्म पोल्याण्डको वार्सामा आयोजना भयो। चीन, भारत, श्रीलंका, पोल्याण्ड, फ्रान्स, इटाली, रुस, जर्मनी, बेलायत, हल्याण्डआदि दर्जनौं मुलुकका उद्योग-व्यवसायहरु सो प्रदर्शनीमा सहभागी भयो। हु नान प्रान्तको व्यापारिक प्रबर्द्धन संघले दश वटा उद्योग-व्यवसायलाई सो प्रदर्शनीमा सहभागी हुन संयोजन गर्‍यो। अझै बढी मानिसहरुलाई हु नान प्रान्तको कालो चियाबारे जानकारी गराउनका लागि सो प्रदर्शनको उदघाटन समारोहमा हु नान प्रान्तीय यी याङको “आन व्हा कालो चिया”को प्रचार-प्रसार गोष्ठी आयोजना गरियो।

पोल्याण्डका लागि चिनियाँ राजदूत स्यू चेनले सो प्रदर्शनीको उदघाटन समारोहलाई सम्बोधन गर्नुभयो-हालैदेखि चीन र पोल्याण्डको द्विपक्षीय व्यापार मा तीब्र रुपमा बृद्धि भएको छ। पोल्याण्ड लगातार दश वर्षसम्म मध्य-पूर्वी यूरोपमा चीनको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ। सन् 2014मा द्विपक्षीय व्यापार रकम सत्र अर्ब बीस करोड अमेरिकी डलर पुगेको र सन् 2013को सोही अवधिको तुलनामा 16प्रतिशतले बृद्धि भएको छ। राजदूत स्यूकाअनुसार, प्राचीन कालदेखि नै हु नान प्रान्त कृषि प्रदेश थियो। हु नान प्रान्तले चियाको ठूलो मात्रामा रोप्छ र उत्पादन गर्छ। पोल्याण्ड चियाको उपभोगका लागि ठूलो मुलुक हो। पोल्याण्ड पनि कृषिको प्रधानतामा रहेको महत्वपूर्ण मुलुक हो। पोल्याण्डको उत्कृष्ट मासु, दूग्ध वस्तु र फलफूल चिनियाँ उपभोक्ता चाहिने सामग्री हुन्।

“हु नान प्रान्तले कालो चिया व्यापारमार्फत पोल्याण्डमा आर्थिक तथा व्यापारिक सहयोगको ढोका खोल्ने, दीर्घकालीन परियोजनामार्फत सहयोगको क्षेत्रलाई विस्तार गर्ने, अरु भूपरिवेष्टिक प्रान्तहरुलाई पोल्याण्डतर्फ लम्कन पुर्‍याउने आशा मैले लिएको छु।”

चीन चियाको जन्मथलो हो। हु नान प्रान्त चीनको चियाको महत्वपूर्ण आधार क्षेत्र हो। विश्वको छ किसिम चियामध्ये कालो चिया चीनको विशेष चिया हो। हु नान प्रान्तीय यी याङ शहरका निर्देशक हु चुङ स्युङले पत्रकारसँग कुराकानी गर्दै भन्नुभयो-हु नानका चिया उद्योग-व्यवसाय पोल्याण्ड आएको चार सूत्रीय उद्देश्य छन्। पहिलो, मध्य-पूर्वी यूरोपेली मुलुकहरुलाई आन व्हाको चियाको प्रचार-प्रसार गर्नचाहन्छ। दोस्रो, पोल्याण्डसित कालो चिया व्यापारलाई विस्तार गर्ने छ। तेस्रो, चीनको कालो चिया व्यवसायको विकासबारे गहिरो रुपमा छलफल गर्ने छ। अन्तिम उद्देश्य, पोल्याण्डको खाद्य-पदार्थ प्रशोधनको अत्याधुनिक प्रविधि सिक्ने छ।

“एक पेटी एक मार्ग रणनीतिले कालो चिया व्यवसायको विकासका लागि नयाँ सुअवसर पुर्‍याएको छ।”

पोल्याण्डको राष्ट्रिय वाणिज्य संघका प्रमुख मरेक क्लोजकोले पोल्याण्ड यूरोपको मध्यम परिमाणको मुलुक हो तर पोल्याण्डको चियाको उपभोग मात्रा विश्वको अग्रस्थानमा रहेको कुरा बताउनुभयो।

“हालैका केही वर्षयता पोल्याण्ड युरोपको सबैभन्दा ठूलो खाद्य-पदार्थको निर्यात मुलुक बनिसकेको छ। चीन र पोल्याण्डबीच खाद्य-पदार्थ क्षेत्रको सहयोगको ठूलो निशित शक्ति भएको छ। मेरो विचारमा यस पटकको प्रदर्शनी दुई पक्षको सहयोगलाई विस्तार गर्ने राम्रो माध्यम हो।”

सो प्रदर्शनीमा सहभागी भएका प्रायजसो उद्योग-व्यवसायहरु चीनको चिया व्यवसायका प्रसिद्ध उद्योग-व्यवसाय हुन्। ती उद्योग-व्यवसायहरु वार्सा प्रदर्शनीमा सहभागी भएको यो पहिलो पटक थियो। ती उद्योग-व्यवसायहरुले यूरोपेल खास गरी पोल्याण्डको बजार माथि ध्यान दिन्छन्। पोल्याण्डलगायत यूरोपेली बजारमा प्रवेश गर्नका लागि ती उद्योग-व्यवसायहरुले आगामी दिन यूरोपसित सुहाउने उत्पादित-वस्तुको उत्पादन गर्ने छन्।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान