तपाईँको वर्तमानस्थान:नेपाली भाषा > अर्थ तथा व्यापार > विस्तृत विषय

चिनियाँ व्यवसायीको वैदेशिक लगानीमा जोखिम र मौका

2015-04-03 16:59:40 CRI

चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवाको नियमित कार्यक्रम अर्थ जगतमा म सञ्चालिका मुनाको नमस्कार छ। सन् 2014 मा विदेशमा लगाएको चिनियाँ पूँजी चीनका लागि विदेशी लगानी पूँजीभन्दा बढी भएको छ जसबाट चीन पूँजी निर्यात मुलुक बनेको छ। विदेशमा लगानी गर्ने चिनियाँ व्यवसायीको विचारमा चिनियाँ व्यवसाय विदेश जाने क्रममा जोखिम र मौका सबै रहेका छन्। अब मसँगै यस सम्बन्धी विस्तृत विवरण सुन्नुहोस् है।

चीनको सरकारी तथ्यङ्कअनुसार सन् 2015को जनवरीसम्म चीनको गैर-बैंकिङ्ग प्रत्यक्ष बैदेशिक लगानी जम्मा छ खर्ब पचास अर्ब अमेरिकी डलर पुगेको छ। ऊर्जा-स्रोत,सम्पत्ति,कृषि,विज्ञान-प्रविधि आदि क्षेत्र समेटिएको सो लगानी व्यवसायको आफ्नो विकास,अत्याधिक उत्पादन, तथा क्षमता समस्याको समाधानका लागि सकारात्मक भूमिका सिर्जना गर्दछ। चङ्ग य्वान कम्पनीअन्तर्गत अनुसन्धान तथा विकास विभागका उपप्रमुख पाइ फै जुनले जानकारी दिनुभएअनुसार अपेक्षाकृत प्रारम्भिक रुपमा विदेशतर्फ गएको प्रतिनिधि चिनियाँ व्यवसायीको हैसियतले चङ्ग य्वान कम्पनीले चीनको वैदेशिक व्यापारको तिव्र विकासको अवसरमा आफ्नो पनि तिव्र विकासकफ साथै व्यवहारमा उतारेको छ।

“हाम्रो व्यवसाय र सारा विश्वको अर्थतन्त्रबीच घनिष्ट सम्बन्ध रहेको छ। हाल चङ्ग य्वान स्वदेशको सबैभन्दा ठूलो र विश्वको दोस्रो ठूलो सुदूर समुद्री ढुवानी व्यवसाय हो। हाम्रो आधा आम्दानी विदेशबाट आएको छ।”

विदेशमा लगानीको मौकाका साथमा जोखिम पनि विद्यमान छ। हाल मेक्सिकोको उच्च गति रेल निर्माण परियोजना पछि सारिनुबाट चिनियाँ व्यवसायीलाई विदेशतर्फ लगानी गर्ने र आइपर्ने जोखिम सम्बन्धमा समाजले चिन्ता लिएको छ। यसप्रति उपप्रमुख पाइ फै जुनले चङ्ग य्वान कम्पनीको वैदेशिक लगानीमा पनि अनेकन् कठिनाई रहेको भन्दै व्यापारबाट हुने जोखिम होस् वा राजनीतिक परिस्थितिको अस्थिरताबाट होस् व्यापारिक लगानीमाथि प्रभाव पर्ने व्यक्त गर्नुभयो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान