तपाईँको वर्तमानस्थान:नेपाली भाषा > अर्थ तथा व्यापार > विस्तृत विषय

चिनियाँ युआन विश्वको पाँचौं भुक्तानी मुद्रा बन्न सफल

2015-04-03 16:58:33 CRI

चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवाको नियमित कार्यक्रम अर्थ जगतमा म संचालिका मुनाको नमस्कार छ। विश्वव्यापी बैंक वित्तीय दूरसञ्चार संघले गत महिना 28 तारिख प्रतिवेदन सार्वजनिक गर्दै सन्2014 नोभेम्बरमा चिनियाँ युआनले क्यानडियन डलर र अष्ट्रेलियन डलरको स्थान लिई विश्वको पाँचौं ठूलो भुक्तानी मुद्रा बनेको जनाएको थियो। साथै चिनियाँ युआन विश्वको नवौं ठूलो विनियम व्यापार मुद्रा र सातौं ठूलो संचिति मुद्रा बनेको छ। अब मसँगै यस सम्बन्धी विस्तृत विवरण सुन्नुहोस् है।

सुधार तथा खुलापनको नीति लागू भएपछि औसत प्रतिवर्ष लगभग 10प्रतिशत कूल गार्हस्थ उत्पादन मात्रा हुनाले चीन विश्वको दोस्रो ठूलो आर्थिक समूह बनेको छ। शक्तिशाली आर्थिक शक्ति,स्थिर समष्टिगत अर्थतन्त्र र लगातार सुधार गरिरहेको बित्तिय प्रणाली नै चिनियाँ युआनलाई सुचारु अन्तर्राष्ट्रियकरण गर्ने बलियो आधार हुन्। चीनले सधैं निर्यात-उन्मुख अर्थव्यवस्था भन्ने विदेशी व्यापार नीति कायम राख्दै लगभग चालीस खर्ब अमेरिकी डलर विदेशी विनिमय सञ्चिति गरेको छ। तापनि लगानीका श्रोतहरु सीमित भएकाले ठूलो परिमाणमा विदेशी विनिमय विदेशी राष्ट्रिय ऋणको खरीदका लागि मात्रै प्रयोग गरिएको छ। चिनियाँ युआनको अन्तर्राष्ट्रिय स्थानलाई माथि उकास्नका लागि विदेशी विनिमय सञ्चितिको सञ्चालित तरिकालाई नवीनता दिंदै रचनात्मक र ठूलो पूँजी फिर्ती दरसहित लगानी माध्यम खोज्नुपर्छ।

चीनको उत्पादन व्यवसायले विश्व बजारमा प्रवेश गर्दै ठूलो परिमाणको चिनियाँ पूँजी जम्मा गरेको छ। भित्री आर्थिक बनौटको सुव्यवस्थापन र अन्तर्राष्ट्रिय सहयोग क्रमशः गहन हुनुका साथ चिनियाँ व्यापार तथा पूँजी विदेशमा जान थालेका छन्। यदि चिनियाँ पूँजीलाई चिनियाँ युआनको तरिका मार्फत् विदेशतर्फको विनिमय दरको जोखिमलाई प्रभावकारी रुपमा हटाउनसक्ने छ। साथै जसबाट चिनियाँ व्यापारको प्रतिस्पर्धा शक्तिलाई बलियो पार्न सकिन्छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान