तपाईँको वर्तमानस्थान:नेपाली भाषा > अर्थ तथा व्यापार > विस्तृत विषय

चिनियाँ प्रधानमन्त्रीद्बारा दावस आर्थिक मञ्चमा चीनको विश्वास व्यक्त

2015-04-03 16:56:51 CRI
r_334113_2015040316542728823800.jpg

चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवाको नियमित कार्यक्रम अर्थ जगतमा म संचालिका मुनाको नमस्कार छ। भर्खरै सम्पन्न भएको विश्व आर्थिक मञ्चको 45औं वार्षिक सम्मेलनमा चिनियाँ प्रधानमन्त्री ली ख छ्याङ्गले अर्थतन्त्रप्रति चीनको विश्वास व्यक्त गर्नुभएको थियो। अब मसँगै यस सम्बन्धी विस्तृत विवरण सुन्नुहोस् है।

गत हप्ता विश्व आर्थिक मञ्चको 45औं वार्षिक सम्मेलन स्विट्जरल्याण्डको दावसमा आयोजित भयो। चिनियाँ प्रधानमन्त्री ली ख छ्याङ्गको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले यस सम्मेलनमा भाग लिएको थियो। सम्मेलनमा प्रधानमन्त्री लीले चीनको पछिल्लो आर्थिक नीतिबारे व्याख्या गर्नुभयो।

अन्तर्राष्ट्रिय समाजद्बारा चासोका साथ हेरिएको चीनको अर्थतन्त्रको विकास गतिबारेमा चर्चा गर्दै प्रधानमन्त्री लीले चीनको अर्थतन्त्रको परिमाणले विश्वको दोस्रो स्थान लिएको सुनाउनुभयो र चीनले मध्य उच्च गतिको बृद्धिलाई कायम राख्दै जाने विचार व्यक्त गर्नुभयो। विकास गति र सुधारको प्रवर्द्धनबीचमा राम्ररी सन्तुलन गर्दै आर्थिक बनौटमा दृढ रहने विविध सम्बन्धको सुव्यवस्थापनबाट चीनको अर्थतन्त्र दिगो तथा स्वस्थ विकासको बाटोमा अघि बढिरहेको पनि उहाँको भनाइ थियो।

गत हप्ता चीनको राष्ट्रिय व्युरोले सन्2014 अर्थतन्त्रको श्रृँखलाबद्ध तथ्याङङ्क सार्वजनिक गरेको थियो। थाहा भएअनुसार गत वर्ष चीनको कूल राष्ट्रिय गार्हस्थ्य उत्पादन मात्रा 636 खर्ब चिनियाँ युआन रह्यो भने तुलनात्मक मूल्यबाट हेर्दा सन्2013 भन्दा 7.4 प्रतिशतले बढेको छ। लगानी, निर्यात जस्तै पराम्परागत आर्थिक प्रवर्द्धन शक्ति कम्जोर भएता पनि उपभोग र केही नयाँ आर्थिक शैली उत्कृष्ट रुपमा देखापरेका छन्। सारा देशको इन्टर्नेट व्यवसाय र एक्सप्रेस वितरण व्यवसायको व्यापारिक मात्रा सबै 50प्रतिशतले बढेको छ। इन्टर्नेट बिक्री पनि सन्2014देखि आर्थिक विकासको महत्वपूर्ण मापदण्डको हैसियतले ‌औपचारिक रुपमा सम्पूर्ण आर्थिक तथ्याङ्क क्षेत्रमा राखिएको छ।


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान