नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > अर्थ तथा व्यापार > विस्तृत विषय

सन्2014 चीनको अर्थतन्त्रको विकासको पुनरावलोकन

2015-04-03 16:53:02 CRI

चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवाको नियमित कार्यक्रम अर्थ जगतमा म संचालिका मुनाको नमस्कार छ। आज मसँग सन्2014 चीनको अर्थतन्त्रको विकासको पुनरावलोकन गरौं है।

विश्व बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार दोस्रो विश्व युद्धपछि लगातार 25 वर्षमा 7 प्रतिशतको बृद्धि कायम राख्दै आएको आर्थिक समूहमध्ये चीन पनि एक हो। तीस वर्षमा अर्थतन्त्रले औसत प्रतिवर्ष 10 प्रतिशत बृद्धिले विकसित हुनाले चीन विश्वको पहिलो ठूलो उत्पादन मुलुक र दोस्रो ठूलो आर्थिक समूह बनेको छ। तापनि आर्थिक मात्रा बढ्दै जाँदा पहिलेको असहज अपूर्ण विकासको शैलीले अर्थतन्त्रको बृद्धिलाई तिब्र गतिमा कायम राख्नु नै कठिन देखिन्छ। हाल सारा विश्वको माग ढिलो बन्दै र ऊर्जास्रोत तथा वातावरणबाट आएको दवाब दिनप्रति दिन चर्कँदै आएको छ। यस प्रवृत्तिमा विकास शैलीको परिवर्तन र विकसित गुणस्तरको सुधार चीनको अर्थतन्त्रमा आगामी चरणको विकासको महत्वपूर्ण विन्दू बनेको छ।

सन्2014 मा चीनको अघिल्ला तीन त्रैमासिक अवधिमा अर्थतन्त्रको बृद्धि 7.4 प्रतिशत रहेको छ। जसबाट केही विज्ञहरुले अर्थतन्त्रको विकास सुस्त हुने विषयमा चिन्ता गरेका छन्। गत मे महिनामा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ्गले पहिलो पटक चीनको अर्थतन्त्र “नयाँ स्थायी अवस्था”मा प्रवेश गरेको धारणा प्रस्तुत गर्नुभएको थियो। उक्त नयाँ स्थायी अवस्थासँग तीन मुख्य विशेषता रहेका छन्। यी तीन विशेषता भनेको विकसित गति उच्चदेखि मध्य उच्च बृद्धिमा रुपान्तरण भएको छ,बनौट लगातार सुव्यवस्थित गरिरहेको छ र प्रवर्द्धन शक्ति लगानीबाट नविनतातर्फ परिवर्तन भइरहेको छ।

चीनको छिङ्ग व्हा विश्वविद्यालयअन्तर्गत अर्थतन्त्र व्यवस्थापन कलेजका प्राध्यपक ली ताउ ख्वीको विचारमा सन् 2014 मा चीनको अर्थतन्त्र नयाँ स्थायी अवस्थामा प्रवेश गरेको सबैभन्दा प्रतिनिधि वर्ष हो। सन्2015 सँगै बनौटको सुव्यवस्थापन र सुधारको प्रवर्द्धनको महत्व निरन्तर बढ्दै जाने छ। त्यसैले सन्2015मा अर्थतन्त्रको बृद्धि लक्ष्य अलिकति कम गरिनेछ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान