नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > अर्थ तथा व्यापार > विस्तृत विषय

युन नान प्रान्तको कफी किसानका छोराछोरीलाई नेस्ले कम्पनीद्वारा प्रदान गरिएको छात्रवृत्ति प्राप्त

2015-02-08 19:41:04 CRI

युन नान प्रान्तको फु अरबारे चर्चा गर्दा धेरै जनाले सर्वप्रथम प्रसिद्ध फु अर चियाबारे अवधारणा बनाउँछन्। हालैका केही वर्षयता फु अर कफीको रोपन क्षेत्रफलमा बृद्धि भएको छ र कफी दानाको गुणस्तर बढ्नुका साथसाथै फु अर चीनको कफी शहर भनेर क्रमशः कहलिँदै गएको छ। हालै सन् 1988मा युन नान प्रान्तमा प्रवेश भएको नेस्ले कम्पनीले फु अरको कफी किसानहरुका लागि कफीको अनुभव कार्यक्रमको आयोजना गरेको थियो। ती किसानका छोराछोरीले 2014-2015 मा नेस्ले छात्रवृत्ति पाएका छन्। त्यसैले ती किसानहरुले कफीको अनुभव कार्यक्रममा सहभागी हुने मौका पाएका छन्।

केही दिनअघि नेस्ले कम्पनीले युन नान प्रान्तका 38 जना विश्वविद्यलायका विद्यार्थीले “2014-2015 नेस्ले छात्रवृत्ति” पाएको कुरा जनाएको छ। चिनियाँ महिला विकास कोष, फु अर शहरको महिला संघ, फु अर कफी व्यवसायको कार्यालय र, नेस्ले कम्पनीका प्रतिनिधिहरु “नेस्ले छात्रवृत्ति”को वितरण समारोहमा सहभागी भएका थिए।

सामान्य पुरस्कारको वितरण समारोहसित यो किन फरक भएको छ भने सो समारोहको आयोजकले कफी किसानहरु र उनीहरुका केही मेहनती छोराछोरीहरुका लागि “कफी र म”नामक कफी सँस्कृति कक्षा तयार गरी उनीहरुलाई कफी दाना फार्मबाट उठाएपछिको यात्राबारे जानकारी गराएको छ। नेस्ले कम्पनीका बरिस्टाले Barista तत्स्थलमा कफी किसानहरु र विद्यार्थीहरुसँग मिठो कफी चाख्ने र पकाउने तरीका सिकाएका छन्। धेरै कफी किसानहरुले धेरै वर्षहरुसम्म कफी रोपेका छन् तर आफूले पकाएको मिठो कफी खाएको यो पहिलो पटक थियो। ती कफि किसानहरुलाई निकै खुशी लाग्यो। विद्यार्थीहरुले बुबा आमाको कडा परिश्रमको धन्यवाद दिएका छन्।

छात्रवृत्ति पाएका चाङ चेन थाउ व्हा नान जातीय विश्वविद्यालयको दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन्। उनको परिवारले करीब बीस वर्षदेखि कफी रोपन गर्दै आएको छ। कफी अनुभव कार्यक्रममा सहभागी भएपछि उनले विश्वविद्यालयबाट स्नातक भएपछि जन्मथलो फर्केर आधुनिक इन्टर्नेट प्रविधिमार्फत कफी किसानहरुलाई धनी बनाउन मद्दत दिने योजना व्यक्त गरेका छन्।

नेस्ले कम्पनीको छात्रवृत्ति विवतरण समारोहपछि फु अरस्थित नेस्ले कम्पनीको कफी सेवा कार्यालयका प्रमुख खुङ चान लुङले फु अर शहरको ता खाइ ह गाउँ गई दुई जना विद्यार्थीको परिवारको अवलोकन गरेका छन्। साथै उनले कफीको रोपन, टिपाइआदि समस्याबारे किसानहरुबाट जानकारी दिएका छन्।

थाहा भएअनुसार, यसैको क्रय ऋतुदेखि नेस्ले कम्पनीले खरीद गर्ने कफी दानाले चार सीको प्रमाण पूर्ण रुपमा पारित गर्ने छ। चार सीको प्रमाणले कफीको गुणस्तरको प्रत्याभूति गर्नुका साथै चार सीका सदस्यहरुसँग चार सी संघमा संलग्न हुनुअघि दश वटा गल्ती सच्याउन आग्रह गर्छन्। ती दश वटा गल्तीमा वनस्पतिको कटाई, प्राकृतिक श्रोत-साधनको भंगआदि समावेश हुन्छन्। यसका साथै चार सीको व्यवस्थापन नियमअनुसार, समाज, वातावरण र अर्थतन्त्र गरी तीन क्षेत्रका 28 वटा सिद्धान्त प्रस्तुत गरिएको हुन्छ। कफी रोपनको दीर्घकालीन र दिगो विकास प्रत्याभूति गरिएको छ।

नेस्ले कम्पनी चीनको दक्षिण-पश्चिमी क्षेत्रमा सबैभन्दा पहिला कृषिमा लगानी गर्ने अन्तर्राष्ट्रिय कम्पनी हो। नेस्ले कम्पनीले युन नान प्रान्तसँगको सहकार्यमा कफी व्यवसायीकरण प्रक्रियालाई अगाडि बढाइरहेको छ। हाल युन नान प्रान्तको कफी व्यवसायमा ठूलो प्रगति प्राप्त भएको छ। युन नान प्रान्त विश्वको कफी क्षेत्रमा ध्यान दिइएको कफी दानाको आधार क्षेत्र बनिसकेको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान