नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > अर्थ तथा व्यापार > विस्तृत विषय

विदेशमा बसोबास गरिरहेका चिनियाँहरु र विदेशीहरुलाई थुङ रन थाङको उत्तम उत्पादित-वस्तु र सेवा उपभोग गराउने थुङ रन थाङका महाप्रबन्धकको इच्छा

2014-12-23 20:12:09 CRI

पोल्याण्डस्थित थुङ रन थाङको दोस्रो शाखा हाल वार्सामा  खोलिएको छ। यो पैचिंग थुङ रन थाङ कम्पनीले एक वर्ष नपुग्दै पोल्याण्डमा खोलेको दोस्रो शाखा हो। चीनको पैचिंग थुङ रन थाङ कम्पनीका महाप्रबन्धक तीङ युङ लिङ पैचिंगबाट पोल्याण्ड गई उद्घाटन समारोहमा सहभागी भएकी थिइन्।   

पैचिंग थुङ रन थाङ सन् 1669 स्थापना भएको हो। 345 वर्षयता पैचिंग थुङ रन थाङले चिनियाँ परम्परागत चिकित्सा र चिनियाँ जडिबुटीलाई प्रचार-प्रसार गर्दै आइरहेको छ। हालैका बीस वर्षयता थुङ रन थाङले विदेशी बजारलाई विस्तार गरी विदेशमा बसोबास गरिरहेका चिनियाँहरु र विदेशीहरुलाई थुङ रन थाङको सेवा उपभोग गराइरहेको छ।

हाल थुङ रन थाङले करीब बीस मुलुक र क्षेत्रमा एक सय दश शाखा खोलेको छ। चिनियाँ परम्परागत चिकित्सा र चिनियाँ जडिबुटी एशिया क्षेत्रमा पनि फैलिएको छ। एशियामा बसोबास गरिरहेका पाको पुस्ताका चिनियाँहरुले थुङ रन थाङको ट्रेड मार्काको मान्यता दिएका छन्, लामो समयमा थुङ रन थाङको उत्पादित-वस्तुको प्रयोग गरेका छन्। त्यसैले यूरोपभन्दा एशियामा थुङ रन थाङको विकास अझै सुचारु देखिएको छ। हालसम्म थुङ रन थाङले एशियामा बीस वर्ष लामो विकास गरिसकेको छ। थुङ रन थाङले एशियामा खुलेको शाखामा चिनियाँ जडिबुटीद्वारा उत्पादित औषधी किन्न पाइन्छ र डाक्टरको उपचार लिन पाइन्छ। डाक्टरले हरेक उपभोगकर्ताको शारीरिक अवस्थाबमोजिम औषधी सल्लाह दिन्छन्। तर थुङ रन थाङले यूरोपमा यस्तो ढाँचाको सेवा उपलब्ध गराउन कठिनाइ देखा परेको छ। यूरोपमा थुङ रन थाङको सबैभन्दा ठूलो कठिनाइबारे चर्चा गर्दा तीङ युङ लीङले भनिन्

“मेरो विचारमा हाल यूरोपमा थुङ रन थाङको सबैभन्दा ठूलो कठिनाइ बजार पहुँचको समस्या हो। केही वर्षअगाडि यूरोपेली संघले कानूनको निर्माण गरेपछि थुङ रन थाङको जडिबुटी औषधी यूरोपबाट हटाइएको छ। यूरोपेली नागरिक थुङ रन थाङको उत्पादित-वस्तु चाहिन्छ। हालको अवस्थाबाट हेर्दा हामीले कुन तरीकामार्फत थुङ रन थाङको उत्पादित-वस्तुलाई यूरोपमा बिक्री गराउन अन्वेषण गर्नचाहन्छौं। आगामी दिन हामीले प्रभावकारी माध्यम खोज्ने, कठिनाइको समाधान गर्ने छौं। यो पनि यूरोपेली नागरिकको अपेक्षा हो।”

तीङ युङ लीङकाअनुसार, चिनियाँ परम्परागत उपचार पद्धतिका चिकित्सकलाई यूरोपमा वैधानिक रुपमा उपचार गराउन र थुङ रन थाङको जडिबुटी औषधीलाई यूरोपमा वैधानिक रुपमा बिक्री गराउनका लागि थुङ रन थाङले यूरोपेली संघको पहुँच कानून र माग क्षेत्रमा अझै बढी काम गर्नुपर्ने देखिन्छ।

तीङ युङ लीङले थुङ रन थाङले यूरोपतर्फ लम्कने रणनीति र योजना अगाडि बढाइरहेको कुरा बताएकी छिन्। उनले भनिन्

“थुङ रन थाङको मुख्य सेवा चिनियाँ परम्परागत चिकित्सा र चिनियाँ जडिबुटी औषधी हुन्। औषधी नभएको खण्डमा उपभोगकर्ताले स्वास्थ्य हेरचाह पाउन सक्दैनन्। आगामी दिन हामीले यूरोपेली संघको नीतिको अनुसन्धान गर्ने छौं। हामीले स्वास्थ आहार र औषधीमार्फत थुङ रन थाङको उत्पादित-वस्तु दर्ता गर्ने छौं। जसबाट थुङ रन थाङको उत्पादित-वस्तु यूरोपमा वैधानिक रुपमा बिक्री गर्न सकियोस्। साथै हामीले विदेशका केही औषधी कम्पनीहरुसँग सहयोगको तयारी गर्नेछौं। स्थानीय औषधी कम्पनीका उत्पादित-वस्तु पनि थुङ रन थाङमा बिक्री गराउनसक्ने छ।”

 थुङ रन थाङको पोल्याण्ड शाखा सन् 2014 खुलेयता ट्रेड मार्काको प्रचार-प्रसार, चिनियाँ परम्परागत चिकित्साको सेवाआदि क्षेत्रहरुमा ठूलो उपलब्धि हासिल गरिएको छ। तीङ युङ लीङले भनिन्

“वास्तवमा हामीले पोल्याण्डमा पहिलो शाखादेखि दोस्रो शाखा खोलेका छौं। हामी ट्रेड मार्काको प्रचार-प्रसारमा भर परेका छौं। हामीले पैसाद्वारा विज्ञापन गरेको अवस्था कम देखिन्छ। हामीले अझै बढी नागरिक खास गरी नागरिक समाजका मुख्य व्यक्तिहरुलाई थुङ रन थाङबारे जानकारी गराएका छौ भने, चिनियाँ परम्परागत चिकित्साबारे जानकारी गराएका छौं।”

चिनियाँ परम्परागत चिकित्सा र चिनियाँ जडिबुटी औषधी चिनियाँ परम्परागत सँस्कृतिको मूल हो। थुङ रन थाङले विदेशी नागरिकलाई स्वस्थ जीवन पद्धतिबारे जानकारी दिने, उनीहरुलाई स्वास्थ्य हेरचार उत्पादित-वस्तु उपलब्ध गराउने आशा लिएका छौं। तीङ युङ लीङकाअनुसार, थुङ रन थाङले चिनियाँ जडिबुटी औषधी पसल संचालन गरेको मात्र नभई चिनियाँ परम्परागत चिकित्सा र चिनियाँ जडिबुटी औषधी सँस्कृतिलाई निरन्तरता दिन चाहन्छ।  



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान