तपाईँको वर्तमानस्थान:नेपाली भाषा > अर्थ तथा व्यापार > विस्तृत विषय

तेस्रो अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा मञ्च मकाउमा

2014-12-02 14:38:08 CRI

     तेस्रो अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा मञ्च गत नोभेम्बर 26 तारिखदेखि 27 तारिखसम्म मकाउमा आयोजना भएको छ। संयुक्त राष्ट्र संघीय संस्था, यूरोपेली मुलुकहरु, चीनको मुख्यभूमि, चीनको हंगकंग, मकाउ र थाइवानका विशेषज्ञ, विद्वान र उद्योग-व्यवसायका प्रतिनिधि गरी करीब तीन सय जना सो मञ्चमा सहभागी भएका थिए। संयुक्त राष्ट्र संघका उप महासचिव ऊ हुङ्ग पोले ऊर्जाको सुरक्षा, जलवायु परिवर्तनको सामना र दिगो विकासआदि दृष्टिकोणबाट हेर्दा स्वच्छ ऊर्जा क्रान्तिले एक नयाँ युग उभ्याउने कुरा बताउनुभयो।

    तेस्रो अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा मञ्चको मुख्य विषयवस्तु “स्वच्छ ऊर्जा, दिगो विकास” भन्ने रहेको छ। सो मञ्चमा सहभागी भएकाहरुले आणविक विद्युत, जल विद्युत, हावा ऊर्जा, सौर्य ऊर्जा, पेट्रोल तथा प्राकृतिक ग्याँस, स्मार्ट ग्रिडआदि क्षेत्रको प्रविधि विषयबारे आदान-प्रदान गरेका छन्। यसका साथै उनीहरुले संयुक्त राष्ट्र संघले केही दिनअगाडि तर्जुमा गरेको सन् 2015पछि दिगो विकास लक्ष्यबारे जानकारी दिनुका साथै  विभिन्न मुलुकको स्वच्छ ऊर्जाको नीतिबारे आदान-प्रदान गरेका छन्, र स्वच्छ ऊर्जा प्रविधिबारे पनि छलफल गरेका छन्। सन् 2015 सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको सहश्राव्दी विकास लक्ष्यको मिति समाप्त हुनेछ।  संयुक्त राष्ट्र संघका उप महासचिव ऊ हुङ्ग पोले बताउनुभएअनुसार,  ऊर्जा समस्या प्राथमिकताका साथ उठाउँदै संयुक्त राष्ट्र संघको सन् 2015पछिको विकास कार्यसूचीमा राखिएको छ। स्वच्छ ऊर्जाको प्रयास निकै महत्वपूर्ण छ।

   “हाल संयुक्त राष्ट्र संघका सदस्य मुलुकहरु र अन्तर्राष्ट्रिय समाज एक नयाँ प्रक्रियामा लागिरहेका छन्। यस प्रक्रियाले विश्वव्यापी भावी दिगो विकासको खाकाको तर्जुमा गर्ने, सन् 2015पछिको चुनौतीको स्वागत गर्ने छ। ऊर्जा क्षेत्रको उदाहरण लिउँ, दिगो विकास गरिबी निवारण, आर्थिक बृद्धिको प्रबर्द्धन र वातावरणीय संरक्षणलाई जोड्ने सुनौलो रेखा हो। त्यसैले ऊर्जा समस्या प्राथमिकताका साथ उठाएर सन् 2015पछिको कार्यसूचीमा राखिनेछ।”  

    स्वच्छ ऊर्जा समस्याबारे सन् 2015पछिको विकास कार्यसूचीको छलफलमा ध्यान दिइएको छ। संयुक्त राष्ट्र संघअन्तर्गत दिगो विकास लक्ष्यसम्बन्धी कार्य-टोलीले 17 वटा लक्ष्य प्रस्तुत गरेको छ। ऊ हुङ्ग पोकाअनुसार, स्वच्छ ऊर्जाको लक्ष्य “प्रति व्यक्तिले दिगो ऊर्जाको उपभोग गर्नसक्ने” सम्बन्धमा संयुक्त राष्ट्र संघका महासचिव बान की मुनद्वारा प्रस्तुत गरिएको प्रस्तावसित सम्बन्धित रहेको छ।

   “प्रस्तुत गरिएका 17 वटा लक्ष्यमध्ये हरेक व्यक्तिलाई भरपर्दो र निरन्तर आधुनिक ऊर्जाको उपभोग गर्न प्रत्याभूति गर्ने लक्ष्य समावेश छ। यस लक्ष्य “प्रति व्यक्तिले दिगो ऊर्जाको उपभोग गर्नसक्ने” सम्बन्धमा बान की मुनद्वारा प्रस्तुत गरिएको प्रस्तावसित सम्बन्धित छ। यसबाट दिगो विकास प्रक्रिया साकार हुने क्रममा ऊर्जाको अर्थ महत्वपूर्ण हुने प्रतिविम्वित भएको छ।”

     विगत दश वर्षमा धेरै मुलुकहरुले स्वच्छ ऊर्जा क्षत्रेमा गरेको लगानीले इतिहासको नयाँ किर्तिमान खडा गरेका थिए। सन् 2011 माविश्वले स्वच्छ ऊर्जा क्षेत्रमा गरेको लगानीले किर्तिमान भंग गर्दै 2 खर्ब 79 अर्ब अमेरिकी डलर पुगेको थियो। विश्वमा स्वच्छ ऊर्जा व्यापक रुपमा प्रयास गरिएको तर स्वच्छ ऊर्जाको सामु धेरै चुनौती देखापरेको छ। अर्थतन्त्र, राजनीति र प्रविधि कारक-तत्वले स्वच्छ ऊर्जा ठूलो परिमाणका हिसाबले प्रयोगमा केही व्यवधान देखापरेका थिए।

     अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा मञ्च मकाउमा स्थायी रुपमा स्थापित गैर-नाफामुखी अन्तर्राष्ट्रिय संगठन हो। अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा मञ्चका महाप्रबन्धक डा.सु शु व्हैले सो मञ्चमा सहभागी भएकाहरुले अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा मञ्चमार्फत स्वच्छ ऊर्जाको अनुसन्धान तथा विकास र प्रयोगको नवोदित र फराकिलो क्षेत्रमा प्रवेश गर्नसक्ने आशा व्यक्त गर्नुभयो।

     यसका साथै तेस्रो अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा मञ्चले “स्वच्छ ऊर्जाको निल-पत्र2014” सार्वजनिक गरेको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान