तेस्रो विश्व इन्टर्नेट सम्मेलन सोह्र तारिख च च्याङ प्रान्तीय ऊ चन शहरमा शुरु भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले भिडियोमार्फत सम्बोधन गर्नुभएको छ। उहाँले इन्टर्नेटलाई राम्रोसँग व्यवस्थापन गर्ने हो भने इन्टर्नेटको अन्तर्राष्ट्रिय सहयोगलाई सबल पार्ने, इन्टर्नेटद्वारा साझा समुदायको सौभाग्य सिर्जना गर्ने कुरा बताउनुभएको छ।
एशियाली पूर्वाधार लगानी बैंक एआईआईबी स्वतन्त्र बहुपक्षीय संस्था हो। नयाँ सदस्यको स्वीकारोक्तिमा चीनले एआईआईबी वा अरु सदस्य मुलुकको धारणाको प्रतिनिधित्व गर्दैन तर विश्वको पहिलो आर्थिक मुलुकको हैसियतमा अमेरिकाले एआईआईबीमा भाग लिएमा नराम्रो नहुने चीनले बताएको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ्ग स्वाङ्गले 15 तारिख पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।
एशियाली विकास बैक अर्थात् एडीबी-चीन सहयोगको 30औं वार्षिकोत्सव मनाउनका लागि “चीनको आर्थिक रुपान्तरण-दिगो विकासको भविष्यतर्फ” विषयक मञ्च हालै शाङ्गहाइमा आयोजना गरिएको छ। त्यस सम्बन्धित चिनियाँ तथा विदेशी सरकारी विभाग, अन्तर्राष्ट्रिय संगठन र प्रसिद्ध विद्बान लगायत लगभग तीनसय जना उक्त मञ्चमा सहभागी भएका थिए।
पाकिस्तानको“बलोचिस्तान प्रान्तीय सूचना ईन्जिनियरिङ् विज्ञान तथा प्रविधि विश्वविद्यालयअन्तर्गत चीन तथा पाकिस्तानबीच आर्थिक करिडोर क्वेट्टा उच्चस्तरीय वरिष्ठ व्यक्ति तालिम केन्द्रको निर्माणका लागि चिनियाँ शान्ति विकास कोषको सहयोग सम्बन्धी सम्झौतामा 14 तारिख पैचिङ्गमा हस्ताक्षर भएको छ। एघारौं राष्ट्रिय जनराजनैतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष एवम् चिनियाँ शान्तिपूर्ण विकास कोषका प्रमुख सुन च्या चङ्ग, बलोचिस्तान प्रान्तका प्रमुख मुहम्मद खान अच्काजाइ, चीनका लागि पाकिस्तानका राजदुत मसूद खालिद आदि गन्यमान्य व्यक्तिहरु उक्त समारोहमा सहभागी हुनुभयो।
एशिया प्रशान्त आर्थिक सहयोग संगठन अर्थात् एपेकका नेताहरू सम्मेलन सप्ताह 2016 यही चौध तारिख पेरुको राजधानी लिमामा शुरु भएको छ।
तिब्बती भाषामा नाई त्वी ला को अर्थ “हावा तथा हिँउ सबैभन्दा बढी भएको स्थान” भन्ने हो। नाई त्वी ला पहाडी नाका चीनको तिब्बती स्वायत्त प्रदेश र भारतको सिक्किम राज्यबीचको सिमा क्षेत्रमा पर्दछ। समुद्री सतहदेखि 4 हजार 5 सय 45 मिटर उचाईँमा पर्ने सो पहाडी मुख चीन र भारतबीचको स्थल व्यापारको सबैभन्दा छोटो बाटो हो।
स्थानीय अर्थतन्त्रको विकास र सहुलियत व्यापारिक नियमले दिपकको व्यापारमा सकारात्मक प्रभाव पारेको छ। उहाँको पसलमा विविध विशेषतायुक्त नेपाली मालसामान स्थानीय तिब्बती बासिन्दा र विदेशी पर्यटक चौतारोमा एकदमै लोकप्रिय छ।
शङ्ग यु कम्पनीको पेशागत बजार मोडल र बिक्री प्रणालीले मि रै गाउँबस्ती उत्पादित स्याउ तुरुन्तै बजारमा लोकप्रिय बनेको छ। यस अवस्थामा आधारित भई मि रै गाउँबस्तीले “कम्पनी, कृषक र खेती” गठित व्यापार तथा व्यवस्थापन शैली स्थापना गरेको छ। जसबाट सम्पूर्ण रुपमा मि रैको उत्कृष्ट फल उत्पादनलाई प्रवर्द्धन गरेको देखिन्छ।
निरीक्षक लीका अनुसार राष्ट्रिय विकास तथा सुधार परिषदले चीन रेलमार्ग मुख्यालय र नागरिक उड्डयन प्राधिकरणसँग मध्यम-तथा दीर्घकालीन विकास परियोजनाको तर्जुमा गरिरहेको छ। भविष्यमा चीनले ढुवानी तथा सेवाबाट एकिकृत उच्च प्रभावकारी आधुनिक यातायात ढुवानी प्रणालीको निर्माण गर्नेछ।
धेरै वर्षको प्रयासमार्फत् चीनले शहरी तथा ग्रामीण क्षेत्रको आधारभूत चिकित्सा बीमा प्रणालीको स्थापना गरेको छ। तापनि वास्तविक जीवनमा केही रोग उपचार गर्नका लागि प्रयोग गरिने ठूलो राशीको चिकित्सा खर्च वहन गर्न नसकिने भन्ने समस्या रहेको छ। जसबाट चिकित्सा खर्च अनेकन परिवारको कठिनाईको विषय बनेको छ।
चीनको आर्थिक विकास र नागरिक आम्दानी बढ्दै जानुका साथै उपभोग संरचनाको शैली परिवर्तन पनि तिब्र गतिमा जाँदै गर्दा चीनको ग्रामीण क्षेत्रको पर्यटन विकासको प्रवृत्ति उत्कृष्ट देखिन्छ। सम्बन्धित तथ्यङ्कअनुसार सन्2014 मा सारा देशमा ग्रामीण क्षेत्रको पर्यटन व्यापारीहरुको संख्या बीस लाखभन्दा बढी पुगेको छ।
यस प्रतिवेदनका अनुसार एटलान्टिक परिषदका विद्बान् क्रिस ब्रुमरchris brummerले चिनियाँ युआनको अन्तर्राष्ट्रिकरण एक जटिल र चुनौतीसहितको प्रक्रिया भए तापनि यसले अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नयाँ विकासको अवसर प्रदान गरेको कुरा व्यक्त गर्नुभयो।चिनियाँ अन्तर्राष्ट्रियकरण प्रक्रियासँग विविध सँचिति अवसर रहेका छन्।
सुधार तथा खुलापन र विशेष गरी विश्व व्यापार संगठनको एक सदस्य बनेपछि चीनले चौतर्फी रुपमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिएको छ। सम्बन्धित तथ्याङ्कअनुसार चीनको वैदेशिक व्यापारको निर्यात-आयात रकम सन्1987को बीस अर्ब साठी करोडदेखि सन्2014को त्रिचालीस खर्ब अमेरिकी डलरले बढेको छ। चीन लगातार दुई वर्षमा विश्वको पहिलो ठूलो व्यापारिक मुलुकको स्थान लिएको छ।
स्थानीय समयअनुसार जुन एक तारिख दिउँसो तीन बजे चिनियाँ वाणिज्य मन्त्री काउ हु छङ्ग र दक्षिण कोरियाली उद्योग तथा व्यापार संसाधन मन्त्री यून साङ् जिकले yoon sang jickले आ-आफ्ना सरकारको तर्फबाट “जन गणतन्त्र चीन र दक्षिण कोरियाली सरकारी स्वतन्त्र व्यापार सम्झौता”मा औपचारिक हस्ताक्षर गर्नुभएको छ।
गत अठार तारिख चीनको पत्रकार समितिको संयोजनमा भएको“चीनको आणविक-बिजुलीको श्रेष्ठता र बाहिर जाने रणनीति”भन्ने गोष्ठीमा महाप्रबन्धक चाङ्गले चिनियाँ तथा विदेशी पत्रकारलाई केही वर्षयता चिनियाँ नेताहरुको प्रवर्द्धनमा चीनको आणविक-बिजुली निर्यात हुन सक्ने सकारात्मक प्रगतिबारेमा जानकारी दिनुभयो।