नेपाली भाषा

च्यान चन

   

च्यान चनको जन्म चीनको पूर्वी भागमा पर्ने च्याङ सु प्रान्तको याङ चौ चाङ याङ जिल्लामा भएको थियो। उनका आमा-बाबु वौद्ध धर्मावलम्बी थिए। सन् 708 मा एक्काइस वर्ष पुगेका च्यान चनले छाङ आन (वर्तमान चीनको शान सि प्रान्तको सदरमुकाम सि आन शहर नजिक)मा भिक्षु बन्नका लागि विधिवत क्रियाक्रम सम्पन्न गरेका थिए। त्यसपछिका चालिस वर्षमा उनले सूत्र सम्बन्धी शिक्षा दिने, मन्दिरको निर्माण गर्ने, मूर्ति बनाउने काम गरे। उनबाट विधिवत क्रियाक्रम सम्पन्न गराइएका भिक्षुहरुको संख्या लगभग चार लाख छ। तीमध्येका धेरै भिक्षुहरु पछि वरिष्ठ भिक्षु बने। च्यान चन चीनको पूर्वी भागमा भिक्षु बन्नका लागि विधिवत क्रियाक्रम सम्पन्न गराउने गुरु मानिन्थे। वौद्ध धर्मावलम्बीहरुमाझ उनको ठूलो नाम थियो। त्यसैले उनी त्यस क्षेत्रमा वौद्ध धर्मावलम्बीहरुका प्रमुख बने।

सन 743मा जापानी भिक्षु रुङ्ग र्वी, फु चाउले याङ चौ गएर जापानमा वौद्ध धर्म सम्बन्धी शिक्षा प्रदान गर्न निमन्त्रणा दिए। च्यान चनले खुशी भएर यस निमन्त्रणालाई स्विकार गरे र जापान जाने तयारी गरे। उनको नेतृत्वमा उनका एक्काइसजना चेलाहरुसहितको टोली जापान जान तयार भयो। तर सरकारद्बारा हस्तक्षेप गरिएकाले उनको योजनालाई व्यवहारमा उतार्न सकिएन।

त्यसपछि उनले सैनिक डुंगा लगायत धेरै वौद्ध धर्मका मूर्ति, औषधि, खाद्यान्न किनेर आफ्ना चेलाहरु एवम् अन्य व्यक्तिहरु जम्मा पारी 85 जनासँगसँगै दोस्रो पटक जापान जानलागे। तर डुंगा प्रस्थान गरेको केही समयपछि ठूलो आँधी तथा छाल आएकाले डुंगाहरु ध्वस्त भए, केही बिग्रिए। उनी वाध्य भएर तीनको मरम्मतका लागि फर्के। डुंगाको मरम्मत कार्य सम्पन्न भएपछि तेस्रो पटक उनीहरु जापानका लागि प्रस्थान गरे। तर यस पटक समुद्रमा उनीहरुको डुंगा ठूलो ढुंगामा ठोक्किएकाले यस पटकको यात्रा पनि असफल भयो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान