नेपाली भाषा

स्यान चाङ

   

उन्नाइस वर्षसम्मको अनुवादपछि उनले पचहत्तरवटा किताबका तीन सय पैंतीसवटा भागलाई अनुवाद गरेका थिए। ती किताबहरुमा उनले पाँचौं शताब्दीमा भारतको वौद्ध धर्मको सम्पूर्ण परिस्थिति बारे क्रमबद्ध रुपमा जानकारी गराउनुका साथै वौद्ध धर्मका सूत्रहरुमध्ये सबैभन्दा ठूलो सूत्र "ता पान रो चीङ"का छ सय भागको अनुवाद गरे। स्यान चाङको चिनियाँ भाषा र सँस्कृत भाषा उच्चस्तरीय भएकाले उनले अनुवाद गरेका लेखहरु सँस्कृतमा लेखिएको लेखको अर्थसँग मिलेका मात्र नभइ पढ्दा निकै मिठो र सरल पनि लाग्छ।

स्यान चाङले एकातिर सूत्रको अनुवाद गरे भने अर्कातिर अरुलाई शिक्षा दिए। चीनको वौद्ध धर्मको इतिहासमा देखापरेको"फा स्याङ चुङ" उनले स्थापना गरेका हुन्। उनका जापानी चेला ताउ चाउ जापान फर्केपछि जापानमा "फा स्याङ चुङ" स्थापना गरे जुन हालसम्म चल्दैआएको देखिन्छ भने कोरियाली चेला युआन छले स्वदेश फर्केपछि वौद्ध शिक्षाको प्रचार-प्रसार गरे र कोरियामा "फा स्याङ चुङ"देखापर्‍यो।

वौद्ध धर्म सम्बन्धी लेखहरुको रचनाबाहेक, स्यान चाङले आफ्नो अनुभव आफ्ना चेला प्यान चीलाई सुनाएका थिए र उनले लेखेका थिए। एक वर्षपछि "ता थाङ सी यु ची"नामक किताब पूरा भयो। यस किताबमा उनले दश वर्षभन्दा बढी अवधिमा भ्रमण गरेका एक सयभन्दा बढी मुलुकहरुलाई विभिन्न तहमा बाँडेर लेखिएको छन। यसमा ती मुलुकहरुको इतिहास, भूगोल, जातिहरु, मौसम तथा उत्पादन, सँस्कृति तथा राजनीति आदि विषय बारे लेखिएको छ। त्यो किताब अफगानिस्तान, पाकिस्तान, भारत तथा सम्पूर्ण मध्य-एशियाको प्राचीन इतिहास तथा भौगोलिक अवस्था सम्बन्धी अमूल्य सामग्री पनि हो। उन्नाइसौं शताब्दीदेखि यता, "ता थाङ सी यु ची"नामक किताबलाई फ्रान्सेली, अंग्रेजी, जापानी तथा जर्मन आदि धेरै मुलुकहरुका भाषामा अनुवाद गरिएको छ। आधुनिक पूरातत्वविदले यस किताब वमोजिम प्राचीन भारत तथा मध्य एशियाको इतिहास एवम् साँस्कृतिक भग्नावशेषको अध्ययन गरेर प्रशस्त उपलब्धि हासिल गरेका छन्। स्यान चाङको साँस्कृतिक असरले चीन तथा पूर्वको साँस्कृतिक इतिहासमा महत्वपूर्ण स्थान ओगटेको छ। अन्तर्राष्ट्रिय क्षेत्रमा सर्बबिदित अनुवादक तथा वौद्ध धर्मका सिद्धान्तकार मात्र नभई एकजना प्रसिद्ध यात्री पनि हुन उनि। सत्र वर्षभित्र उनले पाँच हजार किलोमिटरको यात्रा गरेर एक सय दशवटा मुलुकको भ्रमण गरेका थिए। यो विश्वको इतिहासमा असाधारण यात्रा हो।

स्यान चाङको काम आकर्षक भएकाले थाङ राज-वंशदेखि मानिसहरुले कलात्मक उपायले उनको कथालाई लेख्नेगरेको देखिन्छ। सोङ राज-वंशमा "ता थाङ सान चाङ छयु चीङ श ह्वा"प्रकाशित भयो। त्यसपछि मिङ राज-वंशमा "सि यौ ची" अर्थात् "पश्चिमको यात्रा" भन्ने उपन्यास देखा पर्‍यो। एक हजार वर्षदेखि यता उनको कथा चीनमा निकै लोकप्रिय छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान