नेपाली भाषा

स्यान चाङ

   

सन 627मा स्यान चाङले तत्कालीन चीनको थाङ राज-वंशको राजधानी छाङ आन (वर्तमान चीनमा वल्लो शान सि प्रान्तको सि आन शहर)बाट भारतको नलान्द मन्दिरसम्मको दश हजार किलोमिटरभन्दा लामो यात्रा शुरु गरेका थिए। नलान्द मन्दिर वौद्ध धर्मको सर्वोच्च विद्यालय हो। त्यस बेलासम्म त्यस मन्दिरको इतिहास सात सय वर्ष भन्दा लामो थियो। नलान्द मन्दिर भारतको वौद्ध धर्म-शास्त्रको अधिकारी संस्था मात्र नभइ विश्वका अन्य ठाँउहरुमा वौद्ध धर्मावलम्बीहरु जान मन पराउने ठाँउ पनि हो।

एक हजार तीन सय वर्षभन्दा अघि, मानव जातिसँग त्यती धेरै भौगोलिक ज्ञान नहुनुका साथै यातायातको अवस्था पनि निकै पिछडीएको थियो। पैदल हिंडेर चीनको मध्य भागबाट भारतसम्म पुग्नु निकै कठिन कार्य हो। बाटामा कुनै मान्छे नभएको निर्जन ठाउँ, वन-जंगल मात्र नभई चीनको उत्तर-पश्चिमी भागमा पर्ने हिम-पर्वत समेत पार गर्नुपर्थ्यो। उक्त कठीनाइ भए तापनि वौद्ध धर्मप्रति भक्ति-भाव राख्ने चेला स्यान चाङ सन् 629को गर्मी याममा भारतको उत्तरी भाग पुगेका थिए। त्यसपछि उनी भारतको मध्य भागमा पुगेर वौद्ध धर्मका छवटा पवित्र स्थलको भ्रमण गरेका थिए।

सन 631मा स्यान चाङले भारतमा पर्ने नलान्द मन्दिरमा अध्ययन गर्नथाले। उनले पाँच वर्षसम्म वौद्ध धर्म-शास्त्रको अध्ययन गर्नुका साथै अर्को छ वर्षसम्म भारतका विभिन्न ठाँउहरुको भ्रमण गरेर दशौंजना गुरुहरुसँग शिक्षा लिएका थिए। उनी तत्कालीन वौद्ध धर्म सम्बन्धी सर्वोच्च विद्बान थिए। स्यान चाङले एक दिन एउटा वौद्ध धर्मसम्बन्धी सम्मेलनमा वौद्ध धर्मावलम्बीहरुद्बारा सोधिएका धेरै कठिन प्रश्नको जवाफ दिएका थिए।

त्यसपछि भारतमा उनको नाम ठूलो चलेको थियो।

सन 643को वसन्तमा स्यान चाङले दश वर्षभन्दा बढी समयमा संकलन गरेका वौद्ध धर्मका सूत्र, मूर्ति लिएर स्वदेश फर्के। तत्कालीन चीनका राजा थाङ थाइ चुङले स्यान चाडको स्वागत गर्न आफ्ना अधिकारीलाई पठाए। स्यान चाडले सरकारी अधिकारी बन्ने राजाको माँगलाई अस्विकार गरे। त्यसपछि स्यान चाङ छाङ आनमा रहेको "हुँ फु" मन्दिरमा बस्नथाले। राजा थाङ थाइ चुङको समर्थनमा उनले धेरै भिक्षु तथा विद्बानहरु बोलाएर वौद्ध धर्मको सूत्रलाई अनुवाद गर्ने संस्थाको स्थापना गरे र उन्नाइस वर्षसम्म अनुवादको काम गरे, जुन उन्नाइस वर्षसम्म चलेको थियो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान