नेपाली भाषा

स्यान चाङ

   

"सि यौ ची" अर्थात् "पश्चिमको यात्रा" चीनमा निकै लोकप्रिय उपन्यास हो। यस उपन्यासमा वौद्ध धर्मका चारजना चेलाले पश्चिमतिर गएर वौद्ध धर्मको सूत्र खोजेको कथा-वस्तु प्रस्तुत गरिएको छ। उनीहरु भिन्नाभिन्नै किसिमका कठिनाइहरुको सामना गर्दै धेरै भूत-पिशाचसँगको संघर्षमा विजयी भए र अन्तमा आफ्नो लक्ष्यमा सफलता हासिल गरे। यो उपन्यास चीनको इतिहासमा प्रसिद्ध साँस्कृतिक दूत भिक्षु स्यान चाङको जीवनमा आधारित छ। यस उपन्यासका मुख्य पात्रहरुमध्येका एक- थाङ सान चाङ भनेका भिक्षु स्यान चाङ नै हुन।

स्यान चाङको जन्म इसा पूर्व छ सयमा चीनको थाङ राज-वंशकालमा भएको थियो। वालकदेखि नै उनी निकै चलाख थिए। उनको रुची, विशेष गरी त्यति बेला प्रचलित वौद्ध धर्म शास्त्रमा थियो। एघार वर्षको हुँदा नै उनी वौद्ध धर्म सम्बन्धी पुस्तकहरु पढ्नसक्थे। तेह्र वर्षको उमेरमै उनी तत्कालीन चीनको साँस्कृतिक मुख्यालय- लो याङ (वर्तमान चीनमा ह नान प्रान्तको लो याङ शहर)मा भिक्षु बने। त्यसपछि उनले देशभरिका विभिन्न ठाँउको भ्रमण गरेर प्रसिद्ध विद्बानहरुसँग भेटेर वौद्ध धर्मको सिद्बान्तको अध्ययन मेहनतका साथ गरे। अठार वर्षको उमेरमा स्यान चाङ वौद्ध धर्म क्षेत्रका चर्चित व्यक्ति बनिसकेका थिए। उनले भारतबाट ल्याइएको वौद्ध धर्मको शास्त्रहरुमध्ये "चीङ चाङ", "ल्यु चाङ" तथा "लुन चाङ" यी तीनवटा शास्त्रमा निपूर्णता हासिल गरेका कारण मानिसहरु उनलाई "सान चाङ" गुरु भन्दथे।

युवावस्थामा वौद्ध धर्मको दर्शनको अध्ययनले स्यान चाङलाई सताएको थियो। तत्कालीन वौद्ध धर्मको सूत्रको अनुवाद त्यती स्पष्ट तथा ठीक नभएको लागेकाले वौद्ध धर्म-शास्त्रका बारेमा अझ गहन जानकारी लिनका लागि स्यान चाङले वौद्ध धर्मको श्रोत भारतमा गएर वौद्ध धर्म सम्बन्धमा अरु गहन जानकारी लिने निर्णय गरे।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान