नेपाली भाषा

छी ची क्वाङ

   

सन 1555मा छी ची क्वाङले शान् तुङमा ती जापानी समुद्री डाँकूहरु माथि प्रहार गरेर विजय हासिल गरेकाले त्यति बेलाका शासकले उनलाई च च्याङ पठाए। त्यो ती जापानी समुद्री डाँकूहरुको गतिविधि बढी भएको मुख्य ठाँउ थियो। छी ची क्वाङले किसान तथा खानी-मजदूरहरुको एउटा रक्षक दलको गठन गरे। यसका साथै दक्षिणी चीनमा दलदल क्षेत्र बढी भएको र ती जापानी समुद्री डाँकूहरुको संघर्ष गर्ने विशेषता वमोजिम उनले "युआन याङ चन" भन्ने एक किसिमको सिपाहीं तैनाथ गर्ने उपायको सिर्जना गरे। संघर्षमा छी ची क्वाङले आगो तथा तीरको सहारा लिए। उनले शत्रु एक सय पाइला पर आइपुगेपछि आगोले प्रहार गरे भने सट्ठी पाइलाभित्र आए पछि तीर हाने। र अझ नजिक आएपछि "युआन याङ चन" ले तीनीहरुलाई मारे।

छी ची क्वाङको कडा तालिममा खरो उत्रेको चार हजार सदस्यीय त्यस दलले संघर्षमा विजय हासिल गर्‍यो र स्थानीय मानिसहरुबाट सम्मान पायो। यस दललाई "छीको सेना" भनिन्यो।

सन 1561मा एक सयवटा डुंगामा आएका हजारौं जापानी समुद्री डाँकूहरुले च च्याङमा रहेको थाइचौ क्षेत्रमाथि आक्रमण गरे। छीको सेनाले यो खबर पाएपछि छिटो-छिटो त्यहाँ गएर थाइचौमा नौ पटकसम्म उनीहरुसँग संघर्ष गरे र नौ पटक नै विजयी भए। ती जापानी समुद्री डाँकूहरु सबैलाई मारे। त्यसपछि ती जापानी समुद्री डाँकूहरु छी ची क्वाङको नाम सुनेर डराउन थाले। यस संघर्षमा ठूलो उपलव्धि हासिल गरेकाले छी ची क्वाङलाई अरु उच्च पदमा नियुक्त गरियो। उनले फु च्यानमा ती जापानी समुद्री डाँकूसँग संघर्ष गरे।

छी ची क्वाङ र उनका सेनाको साझा शक्तिका सामु ती जापानी समुद्री डाँकूहरुको केही लागेन, उनिहरु पराजित भए। च च्याङ, फु च्यान आदि क्षेत्रमा स्थिति शान्त भयो। त्यसपछि ती ठाँउहरुको अर्थतन्त्र पनि समृद्ध हुँदैगयो।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान