नेपाली भाषा

आदिम युद्ध-नीतिज्ञ सुन उ

   

सुन उको तालिमको प्रभावकारिताका कारण उ राज्यका सेनाको क्षमता माथि उकासिएको देखियो। केही वर्षपछि सुन उले उ राज्यका दुइजना सम्राटको सेवा गरी धेरै युद्धमा विजय हासिल गरे।

इसा पूर्व 482 मा उ राज्य त्यस बेलाका राज्यहरुमध्येको सबैभन्दा मुख्य स्थानमा थियो। सुन उले ध्यान दिएर सेनालाई तालिम दिनुका साथै युद्ध-रणनीति तय गरेकोमा यस कुराले उ राज्यको विकासका लागि महत्वपूर्ण योगदान गरेको थियो।

उ राज्यको अवस्थामा दिनप्रति दिन सुधार हुँदैआएकोमा उ राज्यका अर्को सम्राट फु चाइ निकै गर्व गर्दथे र साथै खराब आचरण भएका पदाधिकारीहरुको झुठो कुरा सुन्ने उनको बानी थियो। यसो भएपछि बिरक्त भएका सुन उ आफ्नो पद छोडी जंगलतिर लागे। उनले आफ्नो अनुभवका आधारमा युद्ध-रणनीति सम्बन्धी तेह्रवटा लेख लेखे।

" सुन च पीङ फा" नामक किताबमा तेह्रवटा लेख थिए। त्यसमा जम्मा छ हजारवटा अक्षर छन। यस किताबले सुन उको सम्पूर्ण सैनिक विचारधारालाई प्रष्ट पारेको छ। यस किताबलाई "विश्वमा प्राचीनकालमा युद्ध-रणनीति सम्बन्धी प्रथम किताब" आदि संज्ञा दिइयो। यस किताबमा उल्लेख गरिएको रणनीति तथा दर्शनलाई व्यापक रुपमा सैनिक, राजनैतिक तथा आर्थिक आदि विविध क्षेत्रमा उपयोगमा ल्याइएको छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान