नेपाली भाषा

आदिम युद्ध-नीतिज्ञ सुन उ

   

इसा पूर्व छैठौं शताब्दीमा चीनमा टुन-छ्यौ राज्यकाल थियो। त्यस बेला सुन उ नाम गरेका युद्ध-कला बारेमा राम्रो ज्ञान भएका एकजना प्रसिद्ध व्यक्ति थिए। उनले "सुन च पीङ फा" नामकको एउटा किताब लेखे। त्यो किताब चीनको इतिहासमा सैनिक सिद्धान्त सम्बन्धी सबैभन्दा राम्रो किताब हो। यो किताब चीनमा सबैभन्दा व्यापक रुपमा फैलिएका किताबहरुमध्येको एक हो। प्राचीन अथवा आधुनिक चीन तथा विदेशमा सुन उलाई "आदिम युद्ध-नीतिज्ञ" मानिन्छ।

इसा पूर्व 551 मा चीनमा धेरै युद्ध भइरहेको बेलामा छी राज्यमा सुन उको जन्म भयो। उन्नाइस वर्षीय सुन उ पूर्वी चीनमा पर्ने उ राज्यको राजधानी (वर्तमान चीनको सु चौ प्रान्तको सु चौ शहर)को कछाड क्षेत्रमा गै युद्ध-स्थलमा प्रयोग गरिएको रणनीतिबारे अध्ययन गर्नथाले। तत्कालीन उ राज्यका उच्च पदाधिकारी उ च स्युले सुन उलाई उ राज्यका सम्राटसमक्ष सिफारिस गर्नुका साथै आफैंले लेखेका रणनीति सम्बन्धी तेह्रवटा लेखसहित सम्राटलाई बुझाए। उ राज्यका सम्राटले उ च स्युको लेख हेरेर त्यसको प्रशंसा गरे। तर सुन उले ती सिद्धान्तलाई व्यवहारमा प्रयोग गर्नसक्ने कुरामा सम्राटलाई शंका लाग्यो। त्यसकारण उ राज्यका सम्राटले दरबारमा सेवा गर्ने युवतीहरुलाई तालिम दिने कठिन कार्य सुन उलाई दिए।

सुन उले एक सय असी युवतीलाई दुइवटा टोलीमा विभाजित गरे। अनि सुन उले उ राज्यका सम्राटका सबैभन्दा मनपर्ने दुइवटी श्रीमतीलाई दुइवटा टोलीका प्रमुख नियुक्त गरे र उनीहरुको संयोजनकत्वमा युवतीहरुलाई तालिम दिनथाले।

आदिम युद्ध-नीतिज्ञ सुन उ

सुन उले अगाडि उभिएर तालिमका क्रममा ध्यान दिनुपर्ने कुराहरु बारे जानकारी दिए। त्यसपछि सुन उले डमरु बजाउँदै आदेश दिए। तर युवतीहरुले आदेश नसुनी रमिता गर्नथाले। सुन उले धेरै पटक आदेश दिए तापनि कसैले पनि उनको आदेशको पालना गरेन। सुन उले दुइजना प्रमुखको टाउको काट्ने आदेश दिए। उ राज्यका सम्राटले यो खबर सुनेर तत्कालै त्यहाँ पुगेर त्यसो नगर्न अनुरोध गरे। तर सुन उले सम्राटको अनुरोधलाई अस्वीकार गरे। सेनाको नियम वमोजिम ती दुइवटी राम्री प्रमुखलाई मारियो। त्यसपछि उनले नयाँ प्रमुख नियुक्त गरे र निरन्तर रुपमा तालिम दिनथाले। यस पटक सुन उले फेरि आदेश दिंदा सबै युवतीहरुले रमिता गर्नुको सट्टा आदेशानुसार अक्षरशः तालिम लिए। उ राज्यका सम्राटले सुन उको तालिम दिने तरिकादेखि प्रभावित भएर सुन उलाई जनरलमा नियुक्त गरे।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान