वसन्त कालमा छु राज्यमा एकजना नामी संगीतकार थिए। उनको नाम यु पो या थियो। वाल्यकालमा यु पो या निकै चलाख थिए। संगीतमा रुची भएका कारण उनले तत्कालीन निकै प्रसिद्ध संगीतकार छङ ल्यानसँग संगीत सिक्नथाले।
तीन वर्षसम्मको अभ्यासपछि यु पो या राम्रोसँग बजाउनसक्ने भैसेकका थिए। यसरी उनी त्यस स्थानका नामी वादक बने। तर यु पो यालाई दुःख लागेको कुरा के थियो भने कला क्षेत्रमा उनी अझै उच्च स्थानमा पुग्न सकेका थिएनन। यु पो याका शिक्षक छङ ल्यानलाई उनको चिन्ताका बारेमा थाहा भएपछि उनले युसँग सोधे "मैले आफूसँग भएको सबै ज्ञान तिमीलाई सिकाएँ। तिमी राम्रोसँग बजाउन सक्छौं। तर संगीतको बुझाइको क्षेत्रमा म अलकि कमजोर छु। मेरा शिक्षक फाङ च छुन यस क्षेत्रमा एकदमै दक्ष हुनुहुन्छ। उहाँ पूर्वी समुद्रस्थित एउटा टापूमा बस्नुहुन्छ। तिमी मसँगै त्यहाँ गएर उहाँसँग अझ गहन रुपमा संगीत सिक्छौ त?" शिक्षकको यो कुरा सुनेर यु पो यालाई अत्यन्तै खुशी लाग्यो। उनले तुरुन्तै पटक-पटक "हवस, हवस" भने।
उनीहरुले यथेष्ठ खाना तयार गरी डुंगामा चढे र पूर्वी समुद्रतिर लागे। एक दिन उनीहरुको डुंगा पूर्वी समुद्रमा पर्ने फङ लाइ पर्वत पुग्यो। छङ ल्यानले यु पो यालाई भनेः "तिमी यहाँ बसेर पर्ख। म मेरा शिक्षकलाई बोलाउन गएँ। तुरुन्तै फर्कन्छु।" धेरै दिन बितिसक्यो, तर छङ ल्यानको डुंगा अझै फर्केन। यु पो याको मन दुःख्यो। उनले समुद्रतिर हेरे। उनले समुद्रका अग्ला-अग्ला छाल देखे भने आफ्नो पछाडिको टापूमा जंगलमा निकै शान्त भएर चराचुरुङ्गीले दुखीत गीत गाइरहेका जस्तो सुने। यस्तो वातावरणले यु पो याको मन छोयो। उनले आफ्नो भावना व्यक्त गर्न एउटा संगीत बजाए। त्यस बेलादेखि यु पो याले अझ राम्रो र गहन भावनाका साथ संगीत बनाउन सके। वास्तवमा उनका शिक्षक छङ ल्यानले भावनाको खोजीमा यु पो यालाई एक्लै प्रकृतिमा छोडेका थिए।