नेपाली भाषा

सम्राट छु चुआङ

   

दरबार फर्केपछि स्यु ची निकै रिसाइन। उनले सम्राट छु चुआङले खराब आचरण भएका पदाधिकारीलाई लुकाउनुभएको शंका व्यक्त गरिन। तत्कालीन कानून वमोजिम सम्राटकी श्रीमतीलाई जिस्क्याएको खण्डमा मृत्यु दण्डको सजाय दिइन्थ्यो। स्यु चीले सम्राट छु चुआङलाई भनिन: "तपाईंले यसो गर्नथाल्नु भयो भने उनीहरुले पछि गएर अझ ठूलो अपराध गर्ने सम्भावना हुन्छ।" सम्राट छु चुआङले मुसुक्क हाँसेर भनेः "मैलै मसँग रक्सी खान पदाधिकारीहरुलाई बोलाएँ। यसको उद्देश्य सबैजना सकेसम्म रमाउन सकुन भन्ने हो। एक दम धेरै रक्सी खाएर आफैंले आफूलाई नियन्त्रण गर्ननसक्नु भनेको असामान्य कुरा होइन। यस्तो सानो कुराका लागि मैले कुनै पदाधिकारीलाई दण्ड दिएँ भने भोजको मज्जा नै ध्वस्त हुन्छ, अनि सबै पदाधिकारी लज्जित पनि हुनसक्छन्। त्यो मेरो इच्छा विपरित कुरा हो।"

त्यसपछि, सम्राट छु चुआङले तङ राज्यमाथि आक्रमण गर्दा एकजना थाङ च्याउ नाम भएका जनरलले निकै बहादुरी देखाए र ठूलो उपलव्धि हासिल गरे। उनको उपलव्धिले सेनाको साहस बढायो। अन्त्यमा छु राज्यका सेना तङ राज्यको राजधानीसम्म पुगे। यस कारण सम्राट छु चुआङ प्रसिद्ध भए। थाङ च्याउ नै भोजमा स्यु चीलाई छुने पदाधिकारी थिए। उनले युद्धमा निकै बहादुरी देखाएर राष्ट्रका लागि धेरै उपलव्धि हासिल गरेका कारण सम्राट छु चुआङले उनका सम्बन्धमा सहनशीलता देखाएका हुन।

सम्राट छु चुआङले गल्ती गर्ने पदाधिकारीलाई दण्ड दिनुको सट्टा सबैलाई आफ्ना टोपीको सिंगार झिक्ने आदेश दिएको त्यस भोजलाई चीनको इतिहासमा "च्ये यीङ भोज" भनिन्छ र " छु चुआङ च्ये यीङ" भन्ने लोकोक्ति यसै घटनाबाट उत्पन्न भएको हो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान