नेपाली भाषा

क्वान चुङ तथा पाउ शु या

   

पाउ शु याको मृत्युपछि क्वान चुङ उनको समाधि अगाडि बसेर धेरै रोए। पाउ शु याबाट प्राप्त समझदारी तथा समर्थनको स्मरण गर्दै उनले भनेः "पहिले मैले समर्थन गरेका राजकुमार च्यौ असफल भएपछि अन्य पदाधिकारीले आत्महत्या गरे भने मैले झ्यालखानामा थुनिने कुरालाई स्वीकार गरें। पाउ शु याले मलाई हेला गरेका थिएनन। किनभने मैले महाकार्य पूरा गर्नका लागि आफ्नो नाम बदनाम गर्नुहुँदैन भन्ने कुरा उनले बुझेका थिए। मेरा आमा-बाबुले मलाई जन्म दिएका हुन, तर मलाई साँच्ची नै बुझेको मानिस पाउ शु या नै हो।"

क्वान चुङ र पाउ शु या बीचको गहिरो मित्रता विषयक यो कथा चीनमा साह्रै लोकप्रिय छ। मानिसहरुले "क्वान र पाउ बीचको मित्रता"लाई आफू र आफ्ना साथीहरु बीचको घनिष्ट र विश्वासिलो नमूनायुक्त सम्बन्ध भन्नेगरेछन।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान