नेपाली भाषा

क्वान चुङ तथा पाउ शु या

   

छी ह्वान कोङले राज्यारोहण गरेपछि उनले राजकुमार च्यौलाई मार्ने सन्देश लु राज्यमा पठाइहाले र क्वान चुङलाई थुने। छी ह्वान कोङले पाउ शु यालाई प्रधानमन्त्रीको पदमा आसीन गराउने विचार गरे। तर पाउ शु याले यसका लागि आफ्नो क्षमता नभएको ठहर व्यक्त गरे। यसका लागि उनले लु राज्यमा थुनिएका क्वान चुङलाई सिफारिस गरे। पाउ शु याले भनेः "देशमा असल शासन-व्यवस्था कायम गर्नचाहने हो भने क्वान चुङ मभन्दा धेरै राम्रा छन। उनी इमान्दार, विश्वासिला तथा निष्ठावादी छन। उनी देशमा शासन-व्यवस्था सञ्चालन गर्न मात्र नभई सैनिक मामिलामा पनि कुशल छन। यस्तो क्षमता ममा छैन। तसर्थ मुलुकमा शासन-व्यवस्था राम्रोसँग सञ्चालन गर्नका लागि सम्राटले क्वान चुलाई प्रधानमन्त्रीको पदमा नियुक्त गर्नैपर्छ" उनले भने।

छी ह्वान कोङले असहमति दिएर भनेः "क्वान चुले ममाथि तीर चलाएको थियो। उ अझैसम्म पनि मारिएको छैन भने त्यो उसको सौभाग्य हो। उसलाई प्रधानमन्त्री नियुक्त गर्नु हुँदैन।"

पाउ शु याले तुरुन्तै जवाफ दिएः "चतुर सम्राटको मनमा घृणा रहदैन भन्ने कुरा मैले सुनेको थिएँ। त्यस बेला क्वान चुङ राजकुमार च्यौको सेवा गर्थे। आफ्ना मालिकका लागि निष्ठापूर्वक काम गर्नसक्ने मान्छेले सम्राटका लागि पनि त्यस्तै आत्मीयताका साथ काम गर्न सक्नुपर्छ। अन्य राज्यमाथि पनि शासन गर्ने सम्राटको विचार छ भने क्वान चुङ विना त्यो उद्धेश्य सफल हुनसक्दैन।" छी ह्वान कोङले पाउ शु याको कुरा सुनेर क्वान चुङलाई लु राज्यबाट फिर्ता बोलाए।

क्वान चुङ छी राज्य फर्केर प्रधानमन्त्री बने। पाउ शु यालाई उनका सहायक भएर काम गर्नुमा केही हिचकिचाहट थिएन। उनीहरुको संयुक्त प्रयासमा छी राज्य अन्य राज्यहरुको तुलनामा बलियो राज्य बन्यो र अन्तमा छी ह्वान कोङले अन्य राज्यमाथि पनि शासन गर्नपाए।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान