नेपाली भाषा

क्वान चुङ तथा पाउ शु या

   

इसा पूर्वा सातौं शताब्दीमा चीनमा वसन्त काल थियो। क्वान चुङ तथा पाउ शु या तत्कालीन राजनीतिज्ञ थिए। उनीहरु राम्रा साथी थिए। क्वान चुङ गरिब तथा पाउ शु या धनी थिए तापनि उनीहरु एक-अर्काप्रति विश्वास गर्थे र उनिहरुमा गहिरो माया थियो।

शुरुमा क्वान चुङ र पाउ शु याले संयुक्त रुपमा व्यापार गरे। क्वान चुङले निकै थोरै पैसा राखे तापनि धेरै पैसा लिन्थे। यसमा पाउ शु या ध्यान दिंदैनथे। क्वान चुङमाथि परीवारको निकै ठूलो बोझ भएको कुरा पाउ शु याले बुझेका थिए। साथै उनी घरमा पैसा पुग्छ कि पुग्दैन भन्ने कुरा क्वान चुङसँग सोधिरहन्थे। क्वान चुङले धेरै पटक पाउ शु या समक्ष आफ्नो विचार प्रस्तुत गरेर कुरा बिगारे तापनि पाउ शु यालाई रिस उठ्दैनथे। उनी क्वान चुङलाई सम्झाएर भन्थे: "काम पूरा नसकिए तापनि तिम्रो विचार भने नराम्रो होइन। हामीले ठीक मौका पारेका थिएनौं। यस कुरालाई मनमा राखिनराख है त।" तीन पटक उनी तल्लो दर्जाका पदाधिकारी बने तर क्वान चुङलाई तीनै पटक पदबाट हटाइयो। पाउ शु याले "तिम्रो क्षमता नभएको होइन। तिम्रो क्षमता देख्ने मान्छे भेटिएको छैन" भनेर क्वान चुङलाई सम्झाएका थिए। क्वान चुङ सेनामा भर्ना भए तर काम गर्न नसकेर उनी युद्धस्थलबाट भागे। पाउ शु याले उनलाई हेला गरेनन। बरु उनले क्वान चुङले बुढी भैसकेकी आमालाई सम्झेर त्यसो गरेको हो भन्ने कुरा गरे।

त्यसपछि उनीहरुले राजनैतिक क्षेत्रमा सँगै मिलेर काम गर्न शुरु गरे। त्यति बेला छी राज्यमा निकै गोलमाल थियो। कुनै दुर्घटना नहोस् भनेर राजकुमारहरु अन्य मुलुकहरुमा गएर बस्नथाले, मौका पर्खेर। क्वान चुङले लु राज्यमा बसिरहेका राजकुमार च्यौको समर्थन गरे भने पाउ शु याले ल्यु राज्यमा बस्ने राजकुमार स्याउ पाइको सेवा गरे। केही समयपछि छी राज्यमा विद्रोह भयो र सम्राटलाई मारियो। राज्यमा शासक नभएको समाचार सुनेर सो पद आफ्नो हातमा पार्नका लागि राजकुमार च्यौ र स्याउ पाइ तुरुन्तै छी राज्य फर्के। यी दुइवटा पक्षको बाटैमा भेट भयो। राजकुमार च्यौलाई निर्बाध सम्राट बनाउनका लागि क्वान चुङले राजकुमार स्याउ पाइलाई तीर हाने। तर त्यो तीर स्याउ पाइको कमरमा झुन्डिइरहेको अड्कुसेमा लाग्यो। स्याउ पाइलाई केही भएन। पछि राजकुमार स्याउ पाइ सम्राट बने। चीनको इतिहासमा स्याउ पाइलाई "छी ह्वान कोङ" भनिन्छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान