नेपाली भाषा

वाङ चाउ च्युन

   

वाङ चाउ च्युन राम्रो रातो लुगा लगाएर सेतो घोडामा चढिन र राजधानी छाङ आनबाट गइन। स्यौं नुद्बारा नियन्त्रित ठाँउमा पुगेका पहिला दिनहरुमा वाङ चाउ च्युनलाई स्यौं नु जातिको चालचलनसँग मिल्न गाह्रो भयो। तर धेरै कोशिश गरेपछि उनले स्यौं नु जातिका मानिसहरुसँग मिलेर बस्न सिकिन।

स्यौं नुद्बारा नियन्त्रित ठाँउमा वाङ चाउ च्युनले आफ्नो जीवन बिताइन। उनले हान जातिको सँस्कृतिलाई स्यौं नुमा फैलाइन। उनका छोरा-छोरीहरुले पनि उनको इच्छा वमोजिम हान र स्यौं नु बीचको मैत्रीपूर्ण सम्बन्धको निरन्तर विकासमा योगदान गरे। चीनको भित्री मंगोलियाको सदरमुकाम हु ह हाउ थ शहरको कछाड क्षेत्रमा हाल "वाङ चाउ च्युनको समाधि" रहेको छ। यस समाधि स्यौं नुका मानिसहरुले यस मैत्रीपूर्ण दूतको स्मरणमा निर्माण गरेका हुन। हजारौं वर्षदेखि यता वाङ चाउ च्युनको कथा चीनमा कविता, उपन्यास आदि परम्परागत कथाहरुको सामग्री बनिसकेको छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान