वाङ चाउ च्युन

   

दरबारमा सेवा गर्ने ती युवतीहरु सर्वसाधारणहरुबाट छानिएका राम्री केटी थिए। उनीहरुले दरबारमा प्रवेश गर्नेबित्तिकै आफ्नो स्वतन्त्रता गुमाएका थिए। उनीहरुले दरबार बाहिर जान मौका खोजिरहे तापनि त्यहाँदेखि धेरै टाढा बस्ने "छ्यान यु"( स्यौं नुका जन-जातिका प्रमुख)सँग विवाह गर्ने उनिहरुको मन थिएन।

त्यस बेलाको नियम वमोजिम दरबारमा सेवा गर्ने ती युवतीहरुले राजासँग भेट्न पाउँदैनथे। उनीहरुका लागि दरबारमा काम गर्ने चित्रकारले उनीहरुका चित्रहरु बनाएर राजाकहाँ पठाउँथे। राजाले चित्र हेरेर मन परेका युवतीलाई छानेपछि बल्ल ती युवतीहरुले राजासँग भेट्नसक्थे। एकजना चित्रकारले त्यस्तो मौका पारेर ती युवतीहरुसँग पैसा माग्थे। युवतीहरुले पनि आफ्नो भविष्यका लागि त्यस चित्रकारलाई धेरै पैसा दिन्थे। त्यति बेला दरबारमा एउटी अत्यन्तै राम्री केटी थिइन। उनको नाम वाङ चाउ च्युन थियो। उनी चलाख मात्र थिइनन, उनलाई कविता लेख्न, बाजा बजाउन सबै आउँथ्यो। वाङ चाउ च्युन सोझी थिइन। उनले त्यस चित्रकारलाई पैसा दिइनन। त्यस कारण त्यस चित्रकार उनलाई मन पराउँदैनथ्यो। उनको सुन्दरतालाई चित्रमा प्रतिबिम्बित गर्दैनथ्यो। यसरी वाङ चाउ च्युनले दरबारमा धेरै वर्षसम्म बसे तापनि राजासँग भेट्ने मौका पाउँने कुरै थिएन।

वाङ चाउ च्युनले "छ्यान यु"( स्यौं नुका जन-जातिका प्रमुख)सँग विवाह सम्बन्धी समाचार सुनेर आफ्नो भविष्य र यी दुइवटा जाति बीचको शान्तिपूर्ण सह-अस्तित्वका लागि आफैंले उनीसँग विवाह गर्ने विचार व्यक्त गरिन। यस बारेमा हानका राजाले थाहा पाएपछि राजधानीमा उनीहरुका लागि भव्य विवाह समारोहको आयोजना गर्ने निर्णय गरे।

त्यती राम्री स्वास्नी पाएर हु हान एलाई निकै खुशी लाग्यो। त्यो जोडी हानका राजाप्रति कृतज्ञता व्यक्त गर्न गए। सुन्दरी वाङ चाउ च्युनलाई देख्नेबित्तिदै हानका राजालाई पछुतो लाग्यो। तर त्यति बेलासम्म ढिलो भैसकेको थियो। वाङ चाउ च्युन र हु हान एलाई विदाइ गर्नैपर्थ्यो। हानका राजाले आफ्नो वचन अनुसार वाङ चाउ च्युनलाई राजकुमारीलाई जस्तै धेरै दाइजो दिए।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान