नेपाली भाषा

वाङ चाउ च्युन

   

वाङ चाउ च्युन

चीनको इतिहासमा मध्य-पटारमा रहेको हान जातिको केन्द्रीय शासन र त्यस वरिपरिका अल्पसंख्यक जातिहरुका स्थानीय शासन बीच कहिलेकाहीं अन्तर्विरोध भएको देखिन्छ। त्यस अन्तर्विरोधको समाधानको उपाय सधैं युद्ध नै थियो। त्यसबाहेक, अर्को उपाय भनेको शान्तिपूर्ण सह-अस्तित्वका आधारमा जिउनका लागि राजाले आफ्ना छोरीहरुलाई अल्पसंख्यक जातिहरुका प्रमुखहरुसँग विवाह गरिदिनु थियो। वाङ चाउ च्युनको कथा भनेको यस किसिमको कथा हो।

चीनको इतिहासमा इसा पूर्व पहिलो शताब्दीतिर चीनमा हान राज-वंश अस्तित्वमा थियो। दक्षिण-पश्चिमी भागमा बसोबास गरिरहेको अल्पसंख्यक जाति "स्यौं नु"(वर्तमान चीनमा मंगोलियाली जाति) भित्र अधिकारका लागि गृह-युद्ध भएको थियो, पाँचवटा "छ्यान यु"( स्यौं नुका जन-जातिका प्रमुख)का बीच संघर्ष भएको थियो। सो संघर्षका क्रममा अन्त्यमा दुइजना "छ्यान यु"( स्यौं नुका जन-जातिका प्रमुख) बाँकी रहे। ती दुइजना अर्को पक्षले हान वंशको शासन-सत्तासँग मिलेर आफूमाथि आक्रमण गर्ने कुरामा सशंकित थिए। त्यसै बेला, ती दुइजनामध्येका एक हु हान ए नामक "छ्यान यु"( स्यौं नुका जन-जातिका प्रमुख)ले हान राज-वंशको राजधानी छाङ आन गएर हानका राजासमक्ष हानको शासनप्रति आफ्नो निष्ठा प्रदर्शित गरे। हानका राजाले हार्दिकताका साथ उनको स्वागत गर्नुका साथै राजधानीबाट प्रस्थान गर्नुअघि उनलाई धेरै अन्न पनि दिए। हान राज-वंशका सेनाको संरक्षणमा हु हान ए आफ्नो घर फर्के। हानको समर्थन पाएकोमा हु हान एले अन्त्यमा "स्यौं नु" (वर्तमान चीनमा मंगोलियाली जाति)लाई एकीकृत पारे।

युगौं-युगसम्म हान राज-वंशसँगको मित्रतालाई कायम राख्नका लागि इसा पूर्व 33 मा हु हान एले तेस्रो पटक हानको राजधानी छाङ आन पुगी हान राजाकी राजकुमारीसँग विवाह गर्न अनुरोध गरे। हानका राजाले हु हान एको अनुरोधलाई स्वीकार गरे। तर राजाले आफ्नी छोरीलाई पठाउन मन गरेनन। त्यसो भए, राजाले तुरुन्तै आफ्नो दरबारमा सेवा गर्ने युवतीहरुलाई आदेश दिएः जो "स्यौं नु"का प्रमुखसँग विवाह गर्न इच्छुक छ, राजाद्बारा त्यसलाई आफ्नी छोरी भएको कुरा सार्वजनिक गरिने छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान