नेपाली भाषा

छन शङ र ऊ क्वाङको विद्रोह

   

यस किसान सेनालाई सशक्त र प्रभावकारी पार्नका लागि उनीहरु राति एउटा मन्दिरमा रोकिए, त्यहाँ आगोको धुनी जगाए र "ता छु" नामको राष्ट्रको स्थापना भएको घोषणा गरे। त्यसपछि उनिहरुले छन शङलाई आफ्ना सम्राट घोषित गरे। छन शङ र ऊ क्वाङको नेतृत्वमा रहेको किसान विद्रोही फौजले ता च जिल्ला कब्जा गर्‍यो र जी जिल्ला लगायतका अरु पाँच छवटा जिल्लामाथि पनि कब्जा गर्‍यो । त्यस विद्रोही फौज पुगेका हरेक ठाँउका गरिब किसानहरुले निरन्तर रुपमा विद्रोही सेनाको समर्थन गरे र त्यसमा सहभागिता जनाए। छन शङ र ऊ क्वाङको फौजले छन जिल्लामाथि कब्जा गरेपछि त्यहाँ "चाङ छु" नामक शासन-व्यवस्थाको स्थापना गरे र छन शङलाई त्यसको सम्राट बनाए। यो चीनको इतिहासमा प्रथम किसान क्रान्तिकारी शासन थियो।

त्यसपछि त्यस विद्रोही फौजलाई तीन दलमा विभाजित गरी उनीहरु छीनको राजधानीतिर लागे। त्यस बेलासम्म त्यस फौजको कूल संख्या दशौं लाखसम्म पुगिसकेको थियो र त्यससँग हजारौं गाडी पनि थिए।

विद्रोही फौजको एउटा टोली- चौ वनले नेतृत्व गरेको किसान फौज क्वान चुङमा पर्ने सी ती (वर्तमान चीनको शान सि प्रान्तमा पर्ने लीन थुङमा) पुगेर छीन शासनको राजधानी स्यान याङ नजिक आफ्नो मोर्चा जमायो। यो देखेर "छीन द्बितीय" संत्रस्त भए। विद्रोही फौजसँग युद्ध गर्न उनले जनरल चाङहानको नेतृत्वमा लाखौं सेना पठाए। यसका साथै उनले विद्रोही फौजसँग संघर्ष गर्न सिमा क्षेत्रबाट तीन लाख सेनालाई फिर्ता बोलाए। चौ वनको किसान सेना बहादुर भए तापनि युद्ध सम्बन्धी अनुभव कम भएका कारण छीन सेनाको आकस्मिक प्रहारको सामना गर्न सकेन र हारेर भाग्यो। त्यस टोली बाध्य भएर पछि हट्यो र छाउ याङ (वर्तमान चीनको हनान प्रान्तको लीङ पाउदेखि पूर्वतिर)मा तैनाथ भयो।

उ छनको नेतृत्वमा रहेको किसान विद्रोही फौजको अर्को टोलीले पूर्व चाउ राज्यको राजधानी हान तानमाथि कब्जा गर्‍यो। उ छनले आफूलाई त्यस राज्यको सम्राट घोषणा गरे। छन शङले मूल स्थितिको विचार गरी उ छनको नेतृत्वलाई स्विकार गरे र चौ वनको टोलीलाई सहयोग गर्न आदेश दिए। तर उ छनले यो निर्देशनको पालना गर्न मानेन। यसो भएपछि छीन राज-वंशअघिका छवटा राज्यमा उच्च दर्जाका रइसहरुले आफूहरुलाई सम्राट घोक्षणा गर्नथाले। यस्तो स्थितिमा छन शङ र उ क्वाङको विद्रोही फौज झन् कठिन स्थितिमा पर्‍यो। चौ वनको टोली तीन महिनासम्मको संघर्षपछि अन्त्यमा पराजित भयो। र चौ वनले आत्म-हत्या गरे। केही समयपछि फौजभित्रका एकजना प्रमुखले उ क्वाङलाई पनि मारे। इसा पूर्व 209को डिसेम्बर महिनामा चाङ हानको नेतृत्वमा रहेको छीन शासनको सेनाले छन शङ आफैंले नेतृत्व गरेको टोलीमाथ विजय हासिल गरे। छन शङलाई मारियो।

छन शङको फौजका अर्का प्रमुख ल्यु छनले लीउ पाङ आदि व्यक्तिहरुले नेतृत्व गरेका विद्रोह फौजसँगसँगै छीन सेनासँग संघर्ष गरे। इसा पूर्व 206 मा किसान विद्रोही फौजको ठूलो प्रहारमा परी छीन राज-वंशको अन्त्य भयो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान