नेपाली भाषा

छन शङ र ऊ क्वाङको विद्रोह

   

छन शङ र ऊ क्वाङ चीनको इतिहासमा प्रसिद्ध किसान विद्रोहका नेता हुन्। सो विद्रोह छीन राज-वंशको अन्तमा अर्थात( इसा पूर्व तेश्रो शताब्दी)मा भएको थियो। त्यो किसान विद्रोह चीनको इतिहासमा सबैभन्दा ठूलो परिमाणमा भएको किसान विद्रोह थियो।

इसा पूर्व 210मा छीन राज-वंशका प्रथम राजा छीन श ह्वाको रोगका कारण मृत्यु भयो। उनका कान्छा छोरा हु हाइले त्यसपछि राज्यारोहण गरे। चीनको इतिहासमा हु हाइलाई "छीन द्बितीय" भनिन्छ।

"छीन द्बितीय" एकजना अनभिज्ञ तथा क्रुर राजा थिए। उनको शासनकालमा सर्वसाधारणमाथि करको बोझ अझ थपिएको थियो र कानूनी दण्ड-सजायको व्यवस्थालाई पनि झन कडा पारिएको थियो। परिणामस्वरुप सर्वसाधारणहरु भोक तथा रोगबाट पीडित देखिन्थे।

इसा पूर्व 209मा "छीन द्बितीय"ले ह्वाइ ह नदीको वारिपारि बसोबास गरिरहेका नौ सय गरिब किसानहरुलाई यु याङ(वर्तमान चीनमा पैचिङ्गको कछाड क्षेत्र मि युन)को रक्षा गर्न पठाएका थिए।

सरकारी पिउनमा कार्यरत छन शङ र गरिब किसान ऊ क्वाङलाई दुइ टोलीका प्रमुखमा नियुक्त गरियो। उनीहरुले जीन जिल्लाको ता च गाँउ (हाल चीनको आन ह्वै प्रान्तमा पर्ने सु जिल्लादेखि दक्षिण-पश्चिमपट्टिको भाग) पुग्दा मुसलधारे वर्षा भएकाले वाध्य भएर उनिहरुले त्यहाँ रोकिनुपर्‍यो। त्यस कारण उनीहरु समयमै यु याङ पुग्ने सम्भावना थिएन। छीन शासनको कानून वमोजिम ढिलो गरेमा सबैलाई मारिदिनुपर्थ्यो।

उनीहरुसँगसँगै गएका दुइजना सैनिक पनि निकै क्रुर थिए। छन शङ र ऊ क्वाङले मौका छोपेर ती सैनिकलाई मारिदिए। उनीहरुले सबैलाई भनेः "ठूलो पानीले हामी सबैलाई यहाँ रोकेकाले अब हामी समयमै पुग्न भ्याउँदैनौं। तपाईंहरु सबैलाई थाहा छ, ढिलो भयो भने हामीलाई मृत्यु-दण्ड दिइन्छ। उनीहरुले हामीहरुलाई मारेनन भने पनि सिमा रक्षा गर्नेहरुमध्ये साट्ठी प्रतिशतलाई मारेका छन। त्यसो भयो भने हामी विद्रोह गरौंला।" उनीहरुको कुरामा सबैले सहमति जनाए। किसानहरुले छन शङलाई जनरल बनाए र ऊ क्वाङलाई उप-प्रमुख। उनीहरुले किसानहरुको एउटा विद्रोही फौजको गठन पनि गरे। यो नै चीनको इतिहासमा प्रथम किसान विद्रोह थियो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान