नेपाली भाषा

डाक्टर ह्वा थो

   

डाक्टर ह्वा थो

आफ्नो स्वास्थ्य बिग्रेका बेला चिकित्सकले तुरुन्तै त्यस पींडालाई कम पार्ने वा हटाउने आशा हामीले गरेका हुन्छौं। चीनका दीर्घ-रोगीहरु "डाक्टर ह्वा थो अहिलेसम्म बाँच्नुभएको भए कति राम्रो हुन्थ्यो" भन्छन। डाक्टर ह्वा थो दुइ हजार वर्षअघिका चीनमा सर्वसाधारणहरुको रोग निको पार्ने चिकित्सक थिए। उनी चिकित्सा क्षेत्रमा निकै कुशल र अनुभवी भएकाले उनलाई "शन यी" अर्थात् चमत्कारी डाक्टर भनिन्थ्यो।

डाक्टर ह्वा थोको जन्म पूर्वी चीनमा पर्ने आन ह्वै प्रान्तमा भएको थियो। उनको जन्म खास कहिले भयो भन्ने बारेमा थाहा छैन। उनलाई सन 208अघि त्यति बेलाका शासकले मारेको कुरा पत्ता लागेको छ। थाहा भएअनुसार, डाक्टर ह्वा थो निकै स्वस्थ थिए र एक सय वर्षको उमेरसम्म पनि उनि फुर्तिला थिए। ऐतिहासिक तथ्यअनुसार, उनलाई सरकारी पदाधिकारी बनाउनका लागि सिफारिस गर्नचाहने मानिसहरुको प्रस्तावलाई उनले धेरै पटक अस्विकार गरेका थिए। त्यति बेलाका शासक छाउ छाउलाई टाउको दुखिरहेको थियो, त्यसैले उनले एक दिन डाक्टर ह्वा थोलाई बोलाए। डाक्टर ह्वा थोले हेरेपछि छोटो समयमै शासक छाउ छाउको टाउको दुख्न छोड्यो। छाउ छाउले दवाउ दिएर ह्वा थोलाई आफूकहाँ राखे। केही समयपछि ह्वा थोले आफ्नी श्रीमती बिरामी भएको निहुँ पारेर घर फर्के। त्यसपछि छाउ छाउले धेरै पटक उनलाई फर्कन आदेश दिए तापनि उनी छाउ छाउकहाँ गएनन्। त्यस कारण छाउ छाउले उनलाई झ्यालखानामा थुनिदिए र त्यहीं उनको मृत्यु भयो।

डाक्टर ह्वा थो निकै कुशल चिकित्सक थिए। उनी महिलालाई लाग्ने रोग, वाल-वालिकालाई लाग्ने रोग तथा स्वास-प्रस्वास एवम् छालाको रोग लगायतका विविध रोगको उपचार गर्न सक्थे। उनले, विशेष गरी, सम्पूर्ण शरीरलाई बेहोश पार्ने तथा शल्य क्रिया गर्ने कार्यमा ठूलो अनुभव हासिल गरेको थिए। डाक्टर ह्वा थो सर्वसाधारणहरु माझ निकै सम्माननीय र लोकप्रिय थिए। उनको उपलव्धिले दुइ हजार वर्षअघि चीनमा चिकित्सा तथा औषधोपचारको क्षेत्रमा गरिएको विकासलाई प्रतिविम्वित गरेको छ। उनले विश्वमा सबैभन्दा पहिले सम्पूर्ण जीउलाई लठ्ठ्याउने प्रविधिको विकास गरेका थिए। उनले सिर्जना गरेको "मा च्वै सान" नामक औषधिले शल्य क्रियाका क्रममा रोगीहरुको दुखाइलाई कम पार्थ्यो। तर त्यस औषधि सम्बन्धी निर्देशन-पत्र सुरक्षित छैन। डाक्टर ह्वा थोको "मा च्वै सान" नामक औषधिले विभिन्न किसिमका शल्य क्रियाहरु सुचारु रुपमा गर्नका लागि आवश्यक शर्त प्रस्तुत गरेको थियो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान