नेपाली भाषा

तुङ हान राज-वंशकालका प्रसिद्ध खगोल शास्त्री चाङ हङ

   

चाङ हङको जन्म चीनको मध्य भागमा पर्ने हनान प्रान्तको नान याङ जिल्लामा भएको थियो। वालककालमा उनलाई कुनै पनि कुरा सिक्न मन पर्दैनथ्यो। सोह्र वर्षीय चाङ हङ घरबाट निस्केर छाङ आन (वर्तमान चीनको शान सी प्रान्तको सदरमुकाम सी आन) पुगे। चीनको इतिहासमा छाङ आन धेरै राज-वंशका राजधानी थियो। चाङ हडले छाङ आनमा ऐतिहासिक-पूरातात्विक स्थानको निरीक्षण गरी त्यहाँको चालचलन तथा सामाजिक एवम् आर्थिक स्थितिको सर्भेक्षण गरे। तत्कालीन शासकले चाङ हङलाई "थाइ श लीङ" ( त्यति बेलाको ज्योतिषी सम्बन्धी काम गर्ने पदाधिकारी), "श चुङ"(सल्लाहकार) तथा " ह च्यान स्याङ"(ह च्यान राज्यको उच्च दर्जाका रइसको सल्लाहकार) आदि पदमा नियुक्त गरे।

युवावस्थामा प्राकृतिक विज्ञान, विशेष गरी खगोल शास्त्रप्रति चाङ हङको अभिरुचि बढ्यो। उनलाई सरकारी पदाधिकारी बन्न मन लागेन। त्यसैले उनले दुइ पटकसम्म पदबाट राजीनामा गरे। उनले तीन वर्षमा दर्शन, गणित, खगोल विद्याको अध्ययन गरी प्रशस्त ज्ञान हासिल गरी किताब लेख्नथाले।

दुइ हजार वर्ष अघिको तुङ हान राज-वंशकालमा सम्पूर्ण सृष्टिको बनौट सम्वन्धी तीनवटा सिद्धान्त थिएः "गाइ थ्यन शो"(यस सिद्धान्त यस प्रकार छः आकाश गोलो छ। आकाशले छाता जस्तै पृथ्वीलाई घेरेको छ। भूमि वर्गाकार छ। सूर्य,चन्द्र तथा ताराहरु किराजस्ता आकाशमा घुमिरहन्छन।), "हुन थ्यन लुन"(यस सिद्धान्त यस प्रकार छः आकाश पूर्ण रुपमा अण्डा जस्तै र पृथ्वी अण्डाको पहेलो भाग जस्तै हो। आकाश ठूलो र पृथ्वी सानो छ।) र "स्यान ए शो"(यस

तुङ हान राज-वंशकालका प्रसिद्ध खगोल शास्त्री चाङ हङ

सिद्धान्त यस प्रकार छः आकाशको विस्तृत आकार छैन। सूर्य, चन्द्र, ताराहरु स्वतन्त्र रुपमा वायुमण्डलमा तैरिन्छन्। सूर्य, चन्द्र, ताराहरु आफै ग्यासबाट बनेका हुन।)। चाङ हङ गाइ थ्यन शो नामक सिद्धान्तका अनुयायी हुन्। त्यसैले उनले यस सिद्धान्तको विकासका लागि ठूलो योगदान गरेका छन। उनको ठहर के थियो भने आकाश पूर्ण रुपमा अण्डाजस्तै र भूमि अण्डाको पहेलो भाग जस्तो हो। आकाश ठूलो र पृथ्वी सानो छ। उनको यस सिद्धान्त त्यस बेला निकै मान्य थियो। यसबाहेक, आकाश तथा भूमिको उत्पत्ति तथा परिवर्तन सम्वन्धी उनको विचार द्बन्द्बात्मक विचारधारामा आधारित छ। उनको ठहर अनुसार, आकाश तथा भूमि छुट्टिनुअघि एकै ठाउँमा जोडिएका थिए। पछि यीनीहरु छुट्टिएपछि हलुङ्गा चीजहरु माथि उठेर आकाश बन्यो भने गरुङ्गा चीजहरुबाट भूमि बन्यो। आकाश "याङ"(चिनियाँ विचारमा याङ भनेको प्रकृतिमा पुलिङ्ग अथवा सकारात्मक नियम) र भूमि "इन" (चिनियाँ विचारमा इन भनेको प्रकृतिमा स्त्रिलिङ्ग अथवा नकारात्मक नियम) हो। याङ आकाश र इन भूमि यी दुइटा चीजले एक-अर्कालाई प्रभाव पारी सबै प्राणी तथा चीज-वस्तुहरुको सिर्जना भएको हो। साथै उनले दूरीको अन्तरका आधारमा उपग्रहको गति निर्धारित हुने कुरा वताएका थिए। आधुनिक विज्ञानले प्रमाणित गरे अनुसार, उपग्रहको गति ती उपग्रह र सूर्य बीचको दूरीसँग सम्बन्धित छ। यसबाट हेर्दा चाङ हङको व्याख्यामा यथोचित कारक तत्व रहेकोछ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान