नेपाली भाषा

औषधी सम्बन्धी विशेषज्ञ ली श चन

   

"पन छ्याउ काङ मु" नामक चिनियाँ जडीबुडी सम्बन्धी किताबमा उन्नाइस लाख जति अक्षर छन। यसलाई सोह्र भागमा विभाजित गरिएको छ र साट्ठी वर्गमा विभाजित गरिएको छ। यस किताबमा एक हजार आठ सय बयान्नब्बे किसिमका जडीबुडी छन् र एघार हजारवटा औषधिका निर्देशपत्र समावेश छन्। यसका साथै एक हजार जति चित्र पनि त्यसमा समावेश गरिएको देखिन्छ। "पन छ्याउ काङ मु" नामक चिनियाँ जडीबुडी सम्बन्धी किताब निकै लोकप्रिय भएको छ। सर्वप्रथम, "पन छ्याउ" नामक चिनियाँ जडीबुडी सम्बन्धी किताबमा संकलन गरिएका जडीबुडीलाई पुनः विभिन्न समूहमा बिभाजित गरी राखिएको छ। यूरोपेली बोट-विरुवाहरुलाई भिन्नाभिन्नै वर्गमा राख्ने विशेषज्ञले सन्1741सम्म ली श चनको किताबमा उल्लेखित विभिन्न खालका बोट-विरुवाहरुलाई फरक-फरक वर्गमा विभाजित गर्ने उपाय पत्ता लगाए। तर त्यो ली श चनभन्दा लगभग दुइ सय वर्ष पछि मात्र पत्ता लगाइएको थियो।

ली श चनले आफ्नो जीवनमा चिनियाँहरुले जडीबुडीको प्रयोग सम्बन्धमा हजारौं वर्ष लगाएर संग्रह गरेको अनुभवको निचोडका रुपमा "पन छ्याउ काङ मु"लाई पूरा गरे। "पन छ्याउ काङ मु" को पुनर्प्रकाशन जापानमा धेरै पटक गरियो। यस किताबलाई अंग्रेजी, फ्रान्सेली, जर्मन तथा लेटिन भाषामा पनि छापिएको छ। सत्रौं शताब्दीदेखि यो किताब विश्वभरि नै पाइनथालेको छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान