नेपाली भाषा

औषधी सम्बन्धी विशेषज्ञ ली श चन

   

1551 मा ली श चन प्रसिद्ध चिकित्सक बनिसकेका थिए। एक दिन छु राज्यका सम्राटका छोरा अकस्मात बिरामी परे। ली श चनले उनको उपचार गरे, छोटै समयमा सम्राटको छोरालाई निको भयो। यो देखेर छु राज्यका सम्राटलाई निकै खुशी लाग्यो। यसकारण छु राज्यका सम्राटले ली श चनलाई राज-अस्पतालमा काम दिए।

त्यस बेला राजा ताउ धर्ममाथि विश्वास गर्थे। राजालाई दीर्ध-जीवी बन्न मन लाग्यो। राज-अस्पतालका धेरैजसो चिकित्सकहरु पनि राजा जस्तै दीर्ध-जीवी बन्न चाहन्थे। ती चिकित्सकहरुको भन्दा ली श चनको लक्ष्य फरक थियो। राज-अस्पतालमा जागीर खानथालेको एक वर्ष नपुग्दै त्यो जागीर छोडेर उनी घर फर्के।

घर फर्केपछि उनले पहिले झैं रोगीको उपचार गर्नुका साथै किताब लेख्न थाले। रोगीको उपचार गर्ने क्रममा ली श चनले पहिले लेखिएको किताब "पन छ्याउ"मा उल्लेखित कुरा त्यति व्यवस्थित नभएको पाए। केही विषयहरुलाई गलत विषय-सूचीमा राखिएको थियो। केही औषधिको प्रभाव सम्बन्धी कुरा ठीकसँग लेखिएको थिएन। ती विषयहरु मानिसहरुको स्वास्थ्य तथा प्राणसँग घनिष्ट सम्बन्धित थिए। ली श चनले आफैंले जिम्मा लिएर जडीबुडी सम्बन्धी एउटा नयाँ किताब लेख्ने विचार गरे। 1522 मा 35 वर्षीय ली श चनले "पन छ्याउ काङ मु" नामक चिनियाँ जडीबुडी सम्बन्धी किताबको लेखनमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरे।

यस नयाँ किताब लेख्ने क्रममा ली श चनले आठ सयभन्दा बढी चिकित्सा सम्बन्धी किताब तथा अन्य पूराना किताबहरुको अध्ययन गर्नुका साथै आफूले संकलन गरेका सामग्रीहरु मिलाएर "पन छ्याउ काङ मु" नामक चिनियाँ जडीबुडी सम्बन्धी किताब तयार पारे जसलाई उनले तीन पटकसम्म संशोधन पनि गरे। त्यस किताब लेख्दा उनका छोरा लगायत सम्पूर्ण परीवार तथा उनका विद्यार्थीहरुले सही-गलत हेर्ने, सच्याउने तथा चित्र लेख्ने आदि काममा भाग लिएका थिए। लगभग तीस वर्षको अथक प्रयासपछि 1578मा ली श चनले "पन छ्याउ काङ मु" नामक चिनियाँ जडीबुडी सम्बन्धी किताबको लेखन कार्य पूरा गरे।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान