नेपाली भाषा

औषधी सम्बन्धी विशेषज्ञ ली श चन

   

औषधी सम्बन्धी विशेषज्ञ ली श चन

चीनको परम्परागत चिकित्सा- "चुङ यी"को इतिहास धेरै लामो छ। चीनमा चिनियाँ परम्परागत चिकित्सा र चिनियाँ जडीबुडी सम्बन्धी धेरै प्रसिद्ध विशेषज्ञहरु छन्। सोह्रौं शताब्दीमा चीनमा मिङ राज-वंशको शासन थियो। त्यस बेला चीनमा चिनियाँ औषधि सम्बन्धी अर्थात् चिनियाँ जडीबुडी सम्बन्धी एकजना प्रसिद्ध विशेषज्ञ थिए। उनको नाम ली श चन हो। उनले "पन छ्याउ काङ मु" नामक चिनियाँ जडीबुडी सम्बन्धी किताब लेखे। यस किताब चिनियाँ जडीबुडीको इतिहासमा निकै वरिष्ठ र प्रसिद्ध किताब बनेको छ।

ली श चन (1518-1539) चीनको ह पै प्रान्तमा पर्ने जीन चौमा जन्मेका थिए। जीन चौ जडीबुडी बढी हुने ठाँउ हो। ली श चनका बुबा चिकित्सक भएकाले ली श चनले वाल्यकालदेखि नै प्रकृत्तिप्रति ठूलो अभिरुचि देखाएका थिए। उनले बुबासँगै पहाडमा जडीबुडी टिपेर घरमा ल्याई औषधी बनाउने गरेका थिए। तर त्यस बेला चिकित्सकको सामाजिक स्थान निकै तल थियो। ली श चनका बुबाले छोरालाई सरकारी पदाधिकारी बन्ने बाटोमा लगाए।

1531 मा चौध वर्षीय ली श चन स्थानीय परीक्षामा उत्तिर्ण भए। त्यसपछि अझ उच्च स्तरीय परीक्षामा तीन पटकसम्म भाग लिए तापनि उनी त्यसमा उत्तिर्ण हुनसकेनन। त्यसपछि ली श चन आफ्ना बुबाले अवलम्वन गरेको बाटोमा लागे- उनले चिकित्सा सम्बन्धी अध्ययन गरी गरिबहरुको उपचार गर्नथाले। ली श चनले सधै माछा मार्ने, शिकारी, दाउरे, किसान तथा जडीबुडीको संकलनमा संलग्न मानिसहरुका घर गएर धेरै स्थानीय औषधि सम्बन्धी निर्देश-पत्र संकलन गरे। त्यसका साथै उनले गहन अवलोकनका आधारमा पटक-पटकको परिक्षणमार्फत विभिन्न किसिमका जडीबुडीको विशेषताबारे गहन जानकारी हासिल गरे।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान